Comments Add Comment

इन्धन आपूर्ति गर्न पाइपलाइनको विस्तृत सर्वेक्षण सुरु

Gas-Pipeline३० साउन, काठमाडौं । नेपालमा इन्धन आपूर्ति गर्न पाइपलाइन विस्तारका लागि इन्डियन आयल कर्पोरेसनले विस्तृत प्राविधिक परियोजना अध्ययन सुरु गरेको छ ।

आईओसीको विशिष्ट प्राविधिक टोलीको सहयोगमा अध्ययन सुरु भएको हो ।

परियोजनाको द्रुत कार्यन्यवनमा तत्परता देखाउादै भारतीय पक्ष आफ्नो टोली खटाएको हो । इण्डियन आयल कर्पोरेशन आइओसीको पाइपलाइन कन्सट्रकसन उपमाहाप्रबन्धक डिजिएम राजेश कुमारले भारतीय टोलीको नेतृत्व गरेका छन् ।  नेपाल तर्फको नेतृत्व भने नेपाल आयाल निगमको टोलिले गरिरहेको अाजको अन्नपूर्रणामा समाचार छ ।

ठेक्का भएको ३० महिनाभित्र पाइपलाइन निर्माण पूरा गरी सञ्चालनमा ल्याउने लक्ष्यसाथ काम अघि बढिरहेको छ ।

इन्जिनियरिङ सर्वे पूरा भएपछि पाइपलाइन निर्माणका लागि टेण्डर आहृवान गरिने निगमले जनाएको छ । सर्वे टोलीले पाइपलाईन भित्रिने र अमलेखगन्जसम्म पुग्ने ‘रुट’ निर्धारण गर्न लागेको छ । त्यससागै निर्माण पाइपलाइन निर्माण गरिने ठाउामा पर्ने अवरोध व्यवस्थापन गर्ने काम निर्धारण गर्न लागेको छ ।

रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ४१ किलोमिटर लाइनमा उक्त पाइपलाइन नेपालमा पेट्रोलिमय आयातका लागि पाइपलाइन महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment