Comments Add Comment

अमेरिकामा मुस्लिम धर्मगुरुको गोली हानेर हत्या

mourn Imam Akonjee३० साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा हिडिरहेका मुस्लिम धर्म गुरु सहित दुई जनाको गोही हानि हत्या गरिएको छ ।

न्युयोर्कको क्वीस क्षेत्रमा सडकमा हिडिरेहको अवस्थामा उनीहरुमाथि गोली प्रहार भएको थियो ।  प्रहरी प्रवक्ताका अनुसार एक व्यक्तिले पछाडिबाट उनीहरुको टाउँकोमा गोली हानेका थिए ।

बीबीसीका अनुसार ५५ वर्षीय इमाम मौलामा एकोनजी दुई वर्ष पहिला बंगलादेशबाट न्यूयोर्क गएका थिए । अर्का व्यक्तिको उमेर ६४ वर्ष बताइएको छ ।

प्रहरीले अहिलेसम्म धर्मका कारण उनीहरुलाई निशाना बनाइएको कुनै प्रमाण फेला नपरेको बताएको छ ।  ओजोन पार्क क्षेत्रमा बन्दूक लिएका एक व्यक्तिलाई घटनास्थलबाट जाँदै गरेको देखिएपनि उक्त घटनामा प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन ।

अमेरिकामा रहेका स्थानीय मुसलमानले घटनालाई ‘हेट क्राइम’ बताएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा रिपव्लिकन उमेदवार डोनाल्ड ट्रम्प माथि इस्लाम विरुद्ध माहोल बनाएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment