Comments Add Comment

विराजको कमब्याक कती सफल ?

biraj bhatta with darsak
नायक विराज भट्ट स्टारडमले भरिएको समयमा नेपाली चलचित्रलाई छाडेर भोजपुरी चलचित्रमा लागे । विराज हराएपछि नेपालमा पनि कलाकारको स्टारडम हराउँदै गयो ।

तर, ५ बर्षपछि विराजलाई निर्माता रोज राणाले चलचित्र क्षेत्रमा फर्काए । रोज आफै निर्देशक बनेर निर्देशन गरेको चलचित्र ‘जय परशुराम’ शुक्रबारबाट हलमा लागेको छ ।

यो चलचित्रको व्यापारलाई विराजको स्टारडमको रुपमा पनि हेरिएको थियो । शुक्रबार चलचित्रको व्यापार ४० प्रतिशतको हारहारीमा रहेको वितरक सुनिल मानन्धर बताउँछन् । शुक्रबार चलचित्र लाग्ने र नलाग्ने हल्लाले पनि यसको व्यापारमा असर पुर्‍याएको थियो । शनिबार भने चलचित्रको व्यापार राम्रो देखियो । सिंगल थिएटरमा दर्शकको चाप उच्च थियो ।

हुनत, अधिकांश नेपाली चलचित्रको व्यापार शनिबार सुखद नै देखिन्छ । आजबाट चलचित्रले गर्ने व्यापारले यसको कमाइको आँकलन गर्नेछ । मल्टिप्लेक्समा दुई ठूला हिन्दी चलचित्रको असर यो चलचित्रलाई परेको देखियो ।

विशेषगरि, विराज भट्टको एक्सन रुपलाई हेर्न चाहने दर्शकका लागि ‘जय परशुराम’ उपयुक्त चलचित्र बन्न सक्छ । नायक भट्ट शनिबार काठमाण्डौका केही हल पुगेका थिए । उनलाई दर्शकले घेरेर सेल्फी लिएका थिए । निर्देशक रोज राणाले चलचित्रको व्यापारले आफू उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment