+
+
Shares

कलंकी-कोटेश्वर सडक विस्तार गर्न अझै एक वर्ष लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३१ गते ६:२६

road-expansion-kathmandu३१ साउन, काठमाडौं । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर-कलंकी सडक निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने भएको छ । सकड विभागका अनुसार यो सडक अर्को वर्षको भदौमा मात्र पूरा हुनेछ ।

चार वर्षअघि निर्माण सुरुहुँदा गत जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक भूकम्प र नाकाबन्दीको कारण देखाउँदै पूरा गर्ने मिति सारिएको आजको कारोबार दैनिकमा समाचार छ ।

निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माणको काम तीब्र रुपमा अघि बढाइएको सडक विभागले जनाएको छ ।

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिँदै छ । नेपालले चाहेको खण्डमा आफूहरु काठमाडौंको पूरै चक्रपथ विस्तार गरिदिने चीनले पहिल्यै बताएको छ ।

हाल कलंकीमा रहेको आकाशे पुल भत्काएसँगै काम अघि बढ्ने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लामो विवादपछि कलंकी पुल भत्काइएको र निर्माण सामाग्री बनाउने काम भइरहेकाले अब काम तीब्र रुपमा अघि बढ्नेछ । २०६८ मा इनोभेटिभ कन्सेप्ट प्रालिले कलंकीमा आकाशे पुल निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?