+
+
Shares

सरकारले तोकेको पारिश्रमिक माग गर्दै चिया मजदुर आन्दोलित

गौरव पोखरेल गौरव पोखरेल
२०७३ साउन ३१ गते १०:४९

३१ साउन, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलनमा उत्रिएका छन् ।

Indian-Chiya-Majdur
फाइल फोटो

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम् ज्याला प्रतिदिन २ सय ५३ रुपैयाँ दिने आश्वासन दिएपनि हालसम्म लागू नभएको भन्दै उनीहरुले शनिबारदेखि आन्दोलन शुरु गरेका हुन् ।

अहिले उनीहरु उद्योग नै बन्द गरेर धर्ना दिइरहेका छन् । हाल यस चिया बगानमा ४० जना स्थायी तथा १ सय ६० अस्थायी मजदुर छन् ।

‘पहिले सबैलाई न्यूनत पारिश्रमिक दिने सहमति भएको थियो’, मजदुर नेता जगत पौडेलले भने, ‘तर, बगानका स्थायी कर्मचारीलाई मात्र न्यूनतम् ज्याला दिइयो ।’

उनले २० वर्षमुनिका कामदारलाई त्यसको पनि आधा ज्याला दिएर चर्काे श्रमशोषण गरेको आरोप समेत लगाएका छन् ।

मजदुरको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । दक्षिणी झापाको कुमरखोदमा रहेको यो चिया बगान ५ सय ५० विगा क्षेत्रफलमा फैलिएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?