+
+
Shares

उपप्रधानमन्त्री महराले आज चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते ८:१३

Krishna bahadur mahara३२ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तमा दुई पक्षिय हितका विषयमा छलफल हुने जनाइएको छ ।

उनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री सँग भेटको प्रयास गर्नेछन् । नेपालस्थित चिनियाँ राजदूत वु चन्याईले एकजना उच्चस्तरीय नेतासँग भेटवार्तका लागि कोसिस भइरहेको जानकारी महरालाई दिएका थिए ।

महराले चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खछियाङलाई नेपाल भ्रमणको निम्ता गर्नेछन् ।

गत साता बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी चीन र भारतमा सम्बन्ध मजबुद बनाउन विशेष दूत पठाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?