२ भदौ, काठमाडौं । लगानीका लागि ‘भर्जिन’ मानिएको जलविद्युत क्षेत्रमा ठूला व्यवसायिक घरानाको आकर्षण देखिएको छैन ।
वार्षिक अबौंको कारोबार गर्ने व्यवसायिक घरानाको रुचि ट्रेडिङ र होटल क्षेत्रमा बढी रहेको आजको अन्नपूर्णमा समाचार छ ।
लगानीका लागि मुलुकमा सबैभन्दा बढी सम्भावना भएको जलविद्युत क्षेत्र ठानिएको छ ।
सरकारले जलविद्युतमा स्वदेश र विदेशबाट ठूलो लगानी भित्राउने बताउँदै छ । तर, स्वदेशकै ठूला लगानीकर्ता जलविद्युतमा लगानी गर्न तयार छैनन् ।
जलविद्युतमा लगानी गर्न सरकारी नीति र अस्थिर सरकार बाधक भएको उनीहरु बताउँछन् ।
जलविद्युतमा एकाध ठूला व्यवसायीक लगानी गर्न तम्सिएर पनि तिनका लगानी नगन्य छ । तिनको लगानी सञ्चालन भइसकेका परियोजना २/३ वटा मात्रै छन् ।
प्रतिक्रिया 4