Comments Add Comment

भाइरस बिहानमा बढी खतरनाक

Virusesहामीलाई रोग लगाउने भाइरसहरुले पनि हाम्रो शरीरमा दिनको कति बेला आक्रमण गर्दछन् भन्ने कुराले भाइरसको खतरनाकपना निर्भर गर्ने तथ्य पत्ता लागेको छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शेाधकर्ताहरुका अनुसार भाइरसले बिहानको समयमा मानिसलाई संक्रमित गराएमा त्यो सबैभन्दा बढि खतरनाक हुन्छ ।

बिहानको समयमा मानिसको शरीरमा आक्रमण गरेमा भाइरसले रोग गराउने सम्भावना १० गुणा बढि हुने शोधकर्ताको निष्कर्ष रहेको छ ।

त्यसका साथै जहाजको लामो यात्राले निद्रा बिथोलिएका र रात्रीकालीन सिफ्टमा काम गर्दा रातमा सुत्न नपाइँ सरीरको जैविक घडीमा खलल पुगेकाहरु भाइरसको आक्रमणको बढ्दा जोखिममा हुने बताइएको छ ।

भाइरसले मानिसको कोषभित्रको संरचनालाई पूर्णरुपमा नियन्त्रणमा लिएर आफ्नो वृद्धि विकाश गर्दछ र पूर्णरुपमा कोषमा निर्भर हुन्छ । मानिसको सरीरका कोषभित्रको जैविक, रासायनिक संरचना सरीरको २४ घण्टै जैविक घडी अनुसार फरक पर्दछ ।

शोधका क्रममा शोधकर्ताहरुले मुसामा अनुसन्धान गरेका थिए । त्यसक्रममा बेलुकीको समयमा भन्दा बिहानको समयमा मुसामा आक्रमण गर्ने इन्फ्लुएन्जा तथा हर्पेस भाइरस बेलुकीमा भन्दा रोग सृजना गर्नका लागि १० गुणा बढि सफल देखिएको थियो ।

बिहानको समयमा मानिसको कोषभित्रको अवस्था भाइरसको प्रतिरोधका लागि कमजोर अवस्थमा हुने र त्यस्तो बेलामा भाइरसले कोषभित्र छिरेर त्यहाँको संरचना तथा जैविक रासायनिक प्रक्रियालार्य नियन्त्रणमा लिई आफ्नो वृद्धि विकाश गर्ने राम्रो वातारण हुने प्रमुख शोधकर्ता प्राध्यापक अखिलेस रेड्डीले जनाएका छन् ।

यो खोजबाट प्राप्त निष्कर्ष महामारी नियन्त्रणका लागि निकै उपयोगी हुने र मानिसहरुलाई रोगबाट बचावटका लागि समेत उपयोगी हुने शोधकर्ताहरुको भनाई छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment