४ भदौ, काठमाडौं । बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ ।
खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको आजको अन्नपूर्णमा समाचार छ ।
अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् ।
क्षेत्रीइ खाद्य संस्थान धनगढी असारमा पठाएको ती सय १० क्विनटल बंगलादेशी चामलमध्ये अहिलेसम्म २० /२५ किलोभन्दा बढी बिक्री नभएको खाद्य संस्थान सीमखेतका प्रमुख ईश्वरीदत्त पाण्डेले जानकारी दिए ।
चामल कसैले नकिनेपछि कुहिने अवस्थामा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4