+

इब्राहिमोभिचको गोलमा म्यानचेष्टर युनाइटेड विजयी

२०७३ भदौ  ४ गते ८:२७ २०७३ भदौ ४ गते ८:२७
इब्राहिमोभिचको गोलमा म्यानचेष्टर युनाइटेड विजयी

Zlatan Ibrahimovic४ भदौ, काठमाडौं । जाल्टन इब्राहिमोभिचको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि सहज जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनमाथि २-० को जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा कीर्तिमानी मूल्यमा युनाइटेड फर्किएका पल पोग्बो खेलेका थिए । युनाइटेडका लागि इब्राहिमोभिचले ३६ औं मिनेटमा गोल गरे ।

दोस्रो हाफको ५२ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाएका छन् ।

इंग्लिस प्रिमियर लिग म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय