+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन जापानमा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ६ गते ८:०२

newah ofganizationजापान । यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलन नेपालबाट ख्याति प्राप्त कलाकारहरुको सहभागी गराई बिभिन्न सास्न्कृतिक कार्यक्रमका साथ हुने भएको छ ।

संसारभरिका नेपालीहरुले अत्यन्त चासो र उत्सुकतापूर्वक हेरिएको यस सम्मेलन हरेक हिसाबले महत्वपूर्ण भएको वर्ल्ड नेवा: अर्गनाईजेशन जापानकी प्रतिनिधि ईन्दिरा सुजुकी राजभण्डारीले बताए ।

मुलतः आर्थिक मुद्धा, हाम्रो भाषा संस्कृतिको सरंक्षण,नेपालमा भएको सीप ,ज्ञान र कलालाई प्रोत्साहन र संसारभर छरिएर रहेको नेवार -नेवार संगठनहरुको समन्वयमा केन्द्रीत हुने यसपटकको सम्मेलनले समृद्ध नेपाल निर्माणका लागि आर्थिक मार्गचित्र कोर्ने सुजुकी राजभन्डारीले बताए ।

बिदेशमा सिकेका ज्ञान, सीप, पूँजी, अनुभव, दक्षता र विद्वतालाई राष्ट्र निर्माणमा बढिभन्दा बढि कसरी उपयोग गर्न सकिन्छ ,नेपालमा रोजगारलाई कसरि प्रोत्साहन गर्न सकिन्छ ,विदेशबाट दैनिक नेपालीहरुको शवहरू नेपालमा भित्रिने क्रमलाई घटाउने काम कसरि गर्न सकिन्छ, मुलुकमा लगानीमैत्रि वातावरण कसरी निर्माण गर्न सकिन्छ र हाम्रो भाषा संस्कृति ,कलालाई कसरि सरंक्षण र सम्बर्धन गर्न सकिन्छ भन्ने लगायतका एजेण्डामा सम्मेलन बिशेष केन्द्रीत हुने मूल आयोजक कमितिका सह संयोजक जनक राज शाक्यले बताए ।

यसैगरी वर्ल्ड नेवा: अर्गनाईजेशनका अध्यक्ष सृजन श्रेष्ठ ,वरिस्ठ उपाध्यक्ष दया रत्न शाक्य ,केन्द्रिय सल्लाहकार डा. केशब लाल महर्जन, केन्द्रिय उपाध्यक्ष नारायण राजभण्डारी ,कृष्ण चंखु ,केन्द्रिय महासचिव सुभाष प्रजापति लगायतका वर्ल्ड नेवा:अर्गनाईजेशनका अगुवाहरुको पनि सम्मेलनमा बिशेष उपस्थिति रहने बताईएको छ । त्यस्तै अमेरिका, युरोप, सिंगापुर, हंगकंग,कोरिया ,अस्ट्रेलिया , मध्यपूर्व,नेपाल तथा बिभिन्न देशका नेवार संगठनका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाउने भएका छन् ।

यसैबीच उक्त सम्मेलनमा उत्साहजनक सहभागिताका लागि मुल आयोजक समितिले जापानका नेवारहरूमा पनि बिशेष अपिल गरेको छ । ‘आफु रहेको राष्ट्रमा अन्तर्रराष्ट्रिय स्तरको सम्मेलन हुन गईरहेको छ, यसलाई सफल पार्न सक्दो सहयोग गर्न र सहभागिता जनाउन जापानबासी नेवारहरुमा हार्दिक अपिल गर्दछु,’ – वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका मुल आयोजक कमिटीका संयोजक सुनिल कुमार शाक्यले भने – ‘यो सम्मेलनले वर्ल्ड नेवा:अर्गनाईजेशन अभियानको समीक्षा गर्नुकासाथै मुलुक निर्माणमा अबको दायित्व पहिचान गर्दै हाम्रो भाषा सस्कृतिलाई नयाँ शिराबाट अगाडि बढ्न मार्ग प्रशस्त गर्ने बिश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?