९ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालय आक्रमणमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये ७ विद्यार्थी रहेको काबुल प्रहरीले जनाएको छ ।
यसका साथै अफगानिस्तान सुरक्षाबलले हमलाको दस घण्टापछि विश्वविद्यालयमा हमलामा संलग्न दुई बन्दूकधारीलाई मारेको छ ।
आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो ।
काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले बीबीसीलाई बताए अनुसार मारिनेमा तीन प्रहरी तथा तीन विश्वविद्यालयका सुरक्षा गार्डहरु रहेका छन् ।
हमलामा ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएका छन् । आक्रमणकारीको नियन्त्रणमा रहेका ७५० विद्यार्थी तथा कर्मचारीलाई सकुशल उद्धार गरिएको छ । अमेरिकन विश्वविद्यालयमा लगभग १७ सय विद्यार्थी पढ्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4