Comments Add Comment

शोकमा रौतहटका विद्यालय बन्द

school rautahat१२ भदौ, रौतहट । रौतहटका सामुदायिक र निजी विद्यालयहरु आज बन्द गरिएको छ ।

शुक्रवार बिहान चितवन मुग्लीङ्ग सडक खण्डको चण्डीभनज्याङ्ग ६ कालिखोला क्षेत्रमा भएका यात्रुवाहक बस दुर्घटनामा रौतहटका ७ शिक्षकहरुको मृत्यु भएको शोकमा विद्यालय बन्द गरिएको हो ।

पोखरामा शिक्षक सेवा आयोगको परिक्षा दिन हिडेका अस्थायी तथा करार तथा नीजी श्रोतमा कार्यरत शिक्षकहरुको मृत्यु भएकोले नेपाल शिक्षक महासंघको आव्हानमा जिल्ला भरका सामुदायीक सरकारी विद्यालय बन्द गरिएको छ भने नीजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याबसनले पनि जिल्लाका नीजी विद्यालहरु एक दिनका लागी बन्द गराएको छ ।

दुर्घटनामा मृत्यु भएका मुडवलवा ३ का  चितरंजन यादव, मुडवलवा ६ का राजेश प्रसाद यादव, मुडवलवा २ का रामबालक जयसवाल, ३ का रवि रञ्जन यादव, सिर्सिया की  सन्ध्या श्रीवास्तव, बसतपुर १ का गणेश साह, र लौकाहा का राकेश यादव  शिक्षक थिए । उनीहरु स्थायी शिक्षक का लागी शिक्षा आयोगको परिक्षा दिन दमौली र पोखरा परीक्षा केन्द्रमा जादै थिए ।

शिक्षकहरुको मृत्यु भएकोले शोकका रुपमा आज एक दिन विद्यालय बन्द गरिएको नेपाल शिक्षक सँगठनका अध्यक्ष मणी शंकर निधी ले बताए ।

मृतक मध्ये १४ जनाको हिजो अन्तिम संस्कार गरीएको छ भने ५ जना भारतीयको शव आफन्तले बुझेर लगेको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले  बताए । वेपता भनिएका ६ जनाको खोजी कार्य भइरहेको प्रजिअ बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment