+
+
Shares

जनकपुर अञ्चलका ११८ सडकखण्डमा अस्थायी रुट परमिट वितरण

राजकमल सिंह राजकमल सिंह
२०७३ भदौ १५ गते १४:१७

local-bus

भदौ १५, जनकपुर । जनकपुर अञ्चल यातायात व्यवस्थापन समितिले अञ्चलका ६ जिल्लाका लागि १ सय १८ सडक खण्डमा यातायात सञ्चालनका लागि बसहरुलाई अस्थाई रुट परमिट बितरण गरेको छ । समितिले उक्त सडक खण्डमा यात्रु भाडा दर समेत निर्धारण गरेको छ ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय, जनकपुर अञ्चल बस व्यवसायी संघ, जिल्ला प्रशासन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय समिलित उक्त समितिले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, दोलखा र रामेछापका लागि १ सय १८ सडक खण्डमा यात्रुबाहक बस संचालन गर्न अनुमति दिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाईको अध्यक्षतामा बसेको समितिको बैठकले रुट परमिट प्रदान गरेको हो ।

समितिले धनुषा र महोत्तरीका लागि २४ सडक खण्डमा यात्रुबाहक दिवा सेवाका सवारीसाधन संचालनका लागि अस्थायी रुट तथा भाडा कायम गरी इजाजत दिएको ट्राफिक प्रहरी निरिक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।

सर्लाहीमा ११, सिन्धुलीमा १२, दोलखामा ३६ र रामेछापमा ३५ वटा अस्थायी सडक खण्डको रुट कायम गरिएको महतोले बताए ।

पहिले देखिनै उक्त सडक खण्डहरुमा यातायातका साधनहरु संचालन रहेकाले जिल्ला प्रशासन कार्यालयको सहमतिमा अस्थायी परमिट र भाडा निर्धाण गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले समितिले अस्थायी परमिट दिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५४ अनुसार जुन जिल्लामा यातायात व्यवस्था कार्यालय छ, त्यहााका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने यातायात व्यवस्था समितिले रुट परमिट कायम गर्नुपर्ने कानूनी व्यवस्था छ ।

समितिले जनकपुर अञ्चलमा पर्ने पहाडी जिल्लाहरु सिन्धुली, दोलखा र रामेछापमा २५ किलोमिटर भित्र २.५ रुपैयाा प्रतिव्यक्ति प्रतिकिलोमिटर, २५ किलोमिटर देखि २ सय ५० किलोमिटरका लागि २ रुपैयाा प्रतिव्यक्ति प्रतिकिलोमिटर निर्धारण गरिएको यातायात कार्यालयका नायव सुब्बा राम स्वार्थ महतोले जनाए ।

तराई मधेसका जिल्ला धनुषा, महोत्तरी र सर्लाहीका लागि २५ किलोमिटर भित्र २.२५ रुपैयाा प्रतिव्यक्ति प्रतिकिलोमिटर र २५ किलोमिटर देखि २ सय ५० किलोमिटरका लागि १.८३ रुपैयाा प्रतिव्यक्ति प्रतिकिलोमटिर निर्धारण गरेको उनले बताए ।

२५ बर्षपछि अञ्चलमा नयाा रुट परमिट वितरण गरिएपनि सडकको अवस्था भने जीर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?