१७ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा गिब्राल्टरमाथि शानदार जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा पोर्चुगलले गिब्राल्टरमाथि ५-० गोलको पराकिलो जित हात पारेको हो । रोनाल्डो अनुपस्थित रहेको खेलमा पोर्चुगलका नानी चम्किएका थिए ।
२७ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका उनले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । पोर्चुगलका लनगि कान्सेलो, बी सिल्भा र पेपेले गोल गरे ।
प्रतिक्रिया 4