Comments Add Comment

मण्डलामा गुञ्जिए सुवास

काठमाडौं । मिलाप मासिकले राजधानीमा शनिबार गजलकार सुवास राई ‘क्याप्टेन’ को गजल वाचन कार्यक्रम आयोजना गर्‍यो ।

Subas-Raiहेवन्ली पाथ नारी संघ उपत्यका शाखाको प्रायोजनमा अनामनगरको मण्डला थिएटरमा आयोजित कार्यक्रममा उनले तीन दर्जन गजल सुनाए । उनले प्रेम, सद्भाव र संस्कृतिका विषय समेटेका गजलहरु पस्किएका थिए ।

सुवासले केही समयअघि दिवंगत भएका गायक खेमराज गुरुङलाई श्रद्धाञ्जलि प्रकट गर्दै ‘सम्झनाको आँचलबाट’ गजल पढ्दै वाचन सुरु गरेका थिए । सो गजल गुरुङले नै गाएका थिए । भुइँकुहिरोले ढाके, एकैचोटि बौलाएर, गाउँ छोडी, चैत मास गुराँस, घरकै माया लगायतका गजल वाचन गर्दा दर्शक-श्रोता कहिले भावविह्वल भएका थिए भने कहिले हाँसोले गुञ्जिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङले सुवासका गजलमा स्थानीय माटोको गन्ध पाइएको बताए । यस्तै, कवि तथा पत्रकार फूलमान वलले सुवासले आफ्नो परिवेशका साथै तामाङ र अन्य समुदायका भाषा-संस्कृतिको विषयमा गजल लेख्नु एकदमै राम्रो पक्ष भएको टिप्पणी गरे ।

भोजपुरको बोखिमका सुवासका ‘सम्झनाको साँझबत्ती’, ‘सम्झना’, ‘सुनाखरी’, ‘आम्लावुङ’ र ‘सिलिहाङमा’ गजलसङ्ग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment