Comments Add Comment

संविधान संशोधनका लागि सरकार गम्भीरः प्रधानमन्त्री प्रचण्ड

Prachanda३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयनका लागि सरकार संविधान संशोधनको लागि गम्भीरतापूर्वक लागेको बताएका छन् ।

संविधान जारी भएको वर्षदिन पूरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायत समुदायका गुनासाहरुको याथोचित सम्बोधन गरिने उल्लेख गरेका छन् ।

२०७४ माघ ७ गते भित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संविधानले दिएको अनिवार्य कार्यभार पुरा गर्न सरकार दृढ रहेको सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदुढ बनाउन र नेपालीलाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ-आफ्नो ठाउँबाट योगदान गर्न सवै राजनीतिक दलमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment