Comments Add Comment

एजेन्टको बोली टोरेलाई महँगो सावित, माफी माग्नु पर्ने ग्वार्डिओलाको शर्त

yaya_toure५ असोज, काठमाडौं । पेप ग्वार्डिओलाले म्यानचेष्टर सिटी सम्हालेपछि भरपर्दा मिडफिल्डर याया टोरेले यो सिजन एक मात्र खेल खेलेका छन् भने च्याम्पियन्स लिगको टोलीमा पनि परेका छैनन् ।

ग्वार्डिओला तिनै प्रशिक्षक हुन्, जसले टोरेलाई २०१० मा बार्सिलोनाबाट सिटीलाई बेचेका थिए । अहिले सिटीको प्रशिक्षक भएका ग्वार्डिओलाले टोरेको अपमान गरेको भन्दै एजेन्ट दिमित्री सेलकले आलोचना गरे । तर, ३३ वर्षीय टोरेका लागि भने यहि आलोचना महंगो परेको छ ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले आलोचनाका लागि एजेन्टले माफी नमागेसम्म टोरेलाई नखेलाउने बताएका छन् । सेलकले माफी मान्नुपर्छ । यदि मागेनन् भने उन(टोरे)ले खेल्ने छैनन्, उनले भनेका छन् ।

एजेन्ट भने यसका लागि तयार देखिएका छैनन् । आइभरीकोष्टका टोरेको सिटीसँगको अनुवन्ध यो सिजनको अन्त्यमा सकिनेछ । उनले मंगलबार मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

ग्वार्डिओलाले भने टोरेलाई च्याम्पियन्स लिगबाट बाहिर राख्न आफ्ना लागि कठिन भएको बताएका छन् । जुन दिनदेखि उनका म्यानेजरले बोले, त्यस क्षणबाट याया आउट भएका छन्, उनले भने ।

कुनै खेलाडीलाई नखेलाएका कारण उसको एजेन्टले मिडियाबाजी गर्छ भने स्वीकार नगर्ने ग्वार्डिओलाले बताए । टोरेका एजेन्टले आफूसँग माफी माग्ने साहस नभए मिडियाबाटै भएपछि आलोचनका लागि माफी माग्नु पर्ने र त्यसपछि टोरेले खेल्ने मौका पाउने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment