+
+

हिमालयन ‘रोयल इन्फिल्ड ४११’ बाइक नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते १८:१६

Himalayan Enfield 411

६ असोज, काठमाडौं । नेपालको लागि हिमालयन रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ४११ सीसीको रोयल इन्फिल्ड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । तराई, पहाडी र हिमाली क्षेत्रलाई लक्षित गर्दै हिमालयन रोयल इन्फिल्डले भारतपछि नेपालमा पहिलोपटक बाइक सार्वजनिक गरेको जनाएको छ ।

नेपालमा अहिले ६ हजारभन्दा बढी रोयल इन्फिल्डका बाइक गुड्छन् । नेपालमा हिमालयन रोयल इन्फिल्डसहित आठ प्रकारका इन्फिल्ड बाइकको व्यापार छ ।

कम्पनीले विहीबार सार्वजनिक गरेको ‘रोयल इन्फिल्ड ४११’ बाइकको नेपाली मूल्य ५ लाख ६१ हजार रुपैयाँ छ । कम्पनीले यसअघि भारतमा सार्वजनिक गरेको बाइकले युवा पुस्तामा मन जित्न सफल भएको जनाएको छ ।

Himalayan Royal Enfield in Nepal

‘हिमालयन बाइक नेपाल हिमालयन देश भएकै कारण नेपालमा सार्वजनिक गरका हौं,’ रोयल इन्फिल्डका सर्भिस प्रमुख शाजी कोशीले भने, ‘नेपालमा १८ देखि ४० वर्षसम्मका युवा वर्गलाई फोकस गर्दै बाइक सार्वजनिक गरेका हौं ।’

यस्ता छन् विशेषता

 

सार्वजनिक भएको नयाँ बाइक एडभेन्चर टुर सेग्मेन्ट अन्तर्गत रहेको कम्पनीले जनाएको छ । बाइकमा सिंगल सिलिण्डर, एयर कोल्ड, ४ स्ट्रोक र एसओएचसी इन्जिन क्षमता रहेको छ । बाइकमा पेट्रोल टंयाकी १५ लिटरको छ । प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

२२० एमएम ग्राउन्ड क्लिरेन्स रहेको बाइकमा अगाडि ३ सय मिमि र पछाडि २४० मिमिको अत्याधुनिक डिस्क ब्रेक रहेको छ । ‘एलएस ४११’ इन्जिन क्षमता यो बाइकमा छ ।

Dugad

बाइकको कुल तौल १ सय ८२ किलो छ । बाइकको लम्बाई २१९० एमएम र चौडाई ८४० एमएम छ । सिटको उचाई ८ सय एमएम छ भने बाइकको कुल उचाई १३ सय ६० एमएम छ ।

बाइक बुलेट, क्लासिक, थन्डरभोल्ड र कन्टिनेन्टल गरी चार मोडलका ग्रेनाइट र स्नो कलरमा उपलब्ध छ ।

कम्पनीले सावर्जनिक गरेको बाइकको अगाडिको पाङ्ग्राको टायर ९०/९० मा २१ इन्च छ । त्यस्तै पछाडिको टायर भने १२०/९० को १७ इन्च रहेको छ ।

बुकिङ शुरू

Himalayan Enfield 411_

फेसनेवल डिजाइन र थोरै आरपिएम भएको यो बाइक भूगोल सुहाउँदो रहेकाले युवाहरुको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।

नेपालमा सन् २००२ देखि रोयल इन्फिल्डको व्यापार सुरु भएको थियो । नेपालमा अहिले रोयल इन्फिल्डका ८ वटा स्टोरहरु रहेका छन् । नेपालसहित विश्वका ५० भन्दा बढी मुलुकमा हिमालयन रोयल इन्फिल्ड बाइकको निर्यात हुने गरेको छ ।

६० वर्षको अनुभवका आधारमा नेपालको पहाडी क्षेत्रको उकालो र ओरालोमा कुदाउन सहज हुनेगरी हिमालयन बाइक भित्राएएको कम्पनीको भनाई छ ।

सेप्टेम्बर २२ अर्थात विहीबारदेखि नै कम्पनीको शोरुम नक्साल र बालकुमारीबाट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

Himalayan Enfield 411 (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?