चलचित्रको पर्दामा कम देखिन थालेका नायक राजेश हमाल म्यूजिक भिडियो खेल्न अग्रसर छन् । उनले हालै मात्र पूर्व मिस नेपाल उषा खड्गीको साथमा एक भिडियोमा मोडलिङ गरेका छन् ।
‘निदाएको थिएा’ बोलको गीतमा हमालको प्रेम पीडा देखाइएको छ । ‘रीया’ एल्बमबाट लिइएको यो गीतमा राज सागरको आवाज, खेम रिजालको शब्द र राज सागरकै संगीत छ । केदार धितालले यो भिडियोको निर्देशन गरेका हुन् ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । रोहित बस्नेतले भिडियोमा कोरियोग्राफी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4