+
+
Shares

क्याटवाक गर्न उर्वसी काठमाडौ आउने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते ९:५८

urvashi-rautelaकाठमाडौं । बलिउड नायिका उर्बसी रौतेला काठमाडौ आउने भएकी छिन् । युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी १४ असोजमा काठमाडौं आउन लागेकी हुन् ।

युहानले १४ गते बेलुका ‘मोडल क्वेस्ट इन्टरनेशलन नेपाल, सिजन-२’ आयोजना  गर्दैछ । त्रिपुरेश्वर स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’मा तयार गरिएको भव्य र्‍याम्पमा  उर्बसीले क्याटवाक गर्नेछिन् । ‘मोडल क्वेस्ट इन्टरनेशलन नेपाल, सिजन-२’ मा उबर्सी मुख्य सो स्टपरको रुपमा प्रस्तुत हुनेछिन् ।

सनम रे, सिंह साव द ग्रेट, ग्रेट ग्राण्ड मस्ती, दक्षिण भारतको मिस्टर इराबाटा जस्ता फिल्मकी अभिनेत्री उर्वसी चर्चित मोडल पनि हुन् । बलिउड र्‍यापर हनी सिंहको लाभ डोज…र गल बन्गई…जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी उर्बसी यी गीतको भिडियोका कारण पनि पछिल्लो समय चर्चामा छिन् ।

गत वर्ष  मोडल क्वेस्ट इन्टर नेशलन नेपालको पहिलो सिजनमा युहानले बलिउड अभिनेत्री हेजेल केचलाई ल्याएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?