Comments Add Comment

सीमामा नेपालीलाई दुःख नदिने भारतीय प्रहरीको प्रतिबद्धता

Indo_Nepal_Security

७ असोज, भैरहवा । हिन्दु धर्मालम्बीहरुको महान चाड दशैं, तिहार र छठ नजिकिँदै गर्दा सीमा क्षेत्रमा हुने लुटपाट, ठगी र दुर्व्यहार जस्ता घटना यसपालि हुन नदिने भारतीय प्रहरीले प्रतिबद्धता जनाएको छ । सीमा क्षेत्रमा हुने गलत क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुले मिलेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

चाडपर्वको बेला भारतबाट नेपाल आउने नेपाली नागरिकहरु भारतीय सिमावर्ती क्षेत्रमा लुटिने र ठगिने गरेका छन् । दशैं नजिकिँदै गर्दा त्यस्ता क्रियाकलाप रोक्ने उद्देश्यले रुपन्देही प्रहरीले भैरहवाको सिमाना बेलहियामा भारतीय प्रहरी अधिकारीहरुलाई समेत राखेर बैठक आयोजना गरेको थियो ।

बैठकमा नेपाल-भारत मैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले भारतबाट दशै मनाउनका आफ्नो देश आउने क्रममा रिक्सा चालकहरुले चर्को भाडा लिने, भारतीय प्रहरी र भारतीय भन्सारले रकम असुल्ने जस्ता घटना यसपटक हुन नदिन बैठकमा आग्रह गरेका थिए ।

कार्यक्रममा भारतीय सिमावर्ती सुनौली चौकी प्रमुख प्रहरी नायव निरीक्षक राजप्रकाश सिंहले विगतमा भारतीय प्रहरीले अनावश्यक रुपमा अतिरिक्त रकम लिने जस्ता घटनाहरु भएकामा यसपटक हुन नदिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा भारतीय सिमावर्ती सोनोली चौकी प्रमुख प्रहरी नायव निरीक्षक राजप्रकाश सिंहले नेपालीहरुको चाडपर्व हर्षोउल्लासका साथ सम्पन्न गराउन सुरक्षाको दृष्टिकोणले भारतीय प्रहरीले कुनै कमी हुन नदिने र आफ्नो क्षेत्रमा कसैले दुःख नपाउने बताए । उनले आफ्नो क्षेत्रमा रिक्सावाला कुनै पनि व्यक्तिलाई दुःख नदिने र प्रहरीले असुली नगर्ने समेत प्रतिवद्धता जनाए ।

प्रहरीले रकम लिने विषयमा उनले भने, ‘हामीहरु यस विषयमा सजग छौं, यस्तो कार्य कदापि हुन दिनेछैनौं ।’

यस्तै भारतीय सुनौली भन्सारका इन्सपेक्टर राजेश मिश्राले कुनै पनि व्यक्तिलाई अनावश्यक दुःख नदिन सबै भन्सार प्रहरी र कर्मचारीलाई निर्देशन दिइसकेको र कसैले अनावश्यक दुःख दिएको पाइएमा तत्काल कारवाही गरिने बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेले बेलहियामा राखिने हेल्प डेस्कमा सिमावर्ती क्षेत्रमा सर्वसाधरणले पाएको दुःख लिखित दस्तावेजको रुपमा राखिने र त्यसअनुसार आवश्यक कारवाही अघि बढाउने बताए । दुवै देशका सुरक्षाकर्मीहरुले सूचना आदानप्रदान गरेर चाडपर्व हर्षोल्लासका साथ सम्पन्न गराउन सुरक्षाकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवं प्रहरी निरीक्षक अभयविक्रम शाहले दुबै देशका प्रहरीहरुले जनताले तिरेको करबाट तलब खाइरहेको कारण प्रहरीले जनतासँगै रकम असुली गर्नु गलत भएको बताए ।

सशस्त्र प्रहरी बल सुरक्षा गुल्म डण्डा भैरहवाका प्रहरी निरीक्षक तुल्सीराम पाण्डेले पनि सिमाक्षेत्रमा किनमेल गर्न आउने र भारतबाट आउने सर्वसाधारणहरुलाई सशस्त्र प्रहरीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment