प्राय सार्वजनिक कार्यक्रममा नपुग्ने नायक हुन् अनमोल केसी । उनलाई कुनै कार्यक्रममा उपस्थित गराउनका लागि आयोजकले राम्रै पापड पेल्नु पर्ने हुन्छ । उनै अनमोल शनिबार ललितपुरको एक मलमा पुगे ।
बलिउडका सर्वाधिक सफल नायक सलमान खानको ‘वीइङ ह्यूमन’ नामक च्यारेटीवल संस्थाको नेपाल शाखाको उद्घाटनका लागि अनमोल पुगेका थिए । दरबारमार्ग र ललितपुरको लाविम मलमा ‘वीइङ ह्यूमन क्लोथिङ’ शाखाको उद्घाटन गरिएको हो ।
दरबारमार्ग उद्घाटनमा कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाका साथमा नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ पुगेका थिए । यस्तै, पुल्चोकमा रहेको लाबिम मलमा खोलिएको सोरुम उद्घाटनका लागि भने नायक अनमोल केसी र कलाकार सुनिल थापा पुगेका थिए ।
‘विइङ ह्यूमन क्लोथिङ’बाट आएको मुनाफाको ८ देखि १० प्रतिशत सामाजिक सेवामा लगाइने गरिन्छ । सलमान खानले प्राय लगाउने टिसर्टमा नेपालका सुपरस्टार नायक अनमोल केसी देखिएका थिए ।
उनी अहिले कपाल पनि पालिरहेका छन् । माघबाट छायांकनमा जान लागेको चलचित्र ‘कृ’का लागि अनमोलले कपाल पालिरहेका हुन् । नेपालमा खोलिएको विइङ ह्यूमनको शाखाबाट हुने मुनाफाको केही रकम अनाथालय, वालआश्रम लगायतमा खर्च गरिने बताइएको छ । केही बर्ष अगाडि दरबारमार्गको राइजिङ मलमा नेपाल शाखा खोलिएपनि विविध कारणले त्यो बन्द हुन पुगेको थियो ।
तस्विरः कमल प्रसाई
प्रतिक्रिया 4