Comments Add Comment

म्यानचेष्टर सिटीको विजयी यात्रामा पूर्णविराम

celtic vs city१३ असोज, काठमाडौं । पेप ग्वार्डिओला नेतृत्वको म्यानचेष्टर सिटीको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

च्याम्पियन्स लिगको समूह सीमा अंकको खाता खोल्ने क्रममा सेल्टिकले सिटीलाई बराबरीमा रोकेको हो । बुधबार राति भएको खेलमा सेल्टिकले म्यानचेष्टर सिटीलाई ३-३ को बराबरीमा रोकेको हो ।

घरेलु मैदानमा भएको खेलमा सेल्टिकले डेम्बेलेको गोलबाट तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । ११ औं मिनेटमा सिटीका फर्नान्डिन्होले बराबरी गोल गरे । राहम टर्लिङले २० औं मिनेटमा आत्मघाती गोल गरेपछि सेल्टिक फेरि अग्रता लिन सफल भयो ।

तर, ८ मिनेटपछि नै स्टर्लिङले बराबरी गोल गरे । र, पहिलो हाफ २-२ गोलको बराबरीमा सकियो । दोस्रो हाफको सुरुमा नै डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर, ५५ औं मिनेटमा नोलिटोले बराबरी गोल गरे । खेलमा थप गोल हुन सकेन । पेप ग्वार्डिओला प्रशिक्षक भएपछि म्यानचेष्टर सिटीले यसअघि खेलेका सबै खेल जितेको थियो । तर, बेन्डन रोजर्सले त्यसको अन्त्य गरेका छन् तर, अपराजित यात्रा भने अझै कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment