News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको मियामी स्टेडियममा सोमबार बिहान पौने ४ बजे उरुग्वे र केप भर्डेबीच खेल हुँदैछ ।
- आफ्नो पहिलो विश्वकप खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोकेको नवप्रवेशी केप भर्डे उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ ।
- साउदी अरेबियासँग पहिलो खेलमा बराबरीमा रोकिएको उरुग्वे यो खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
७ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा दुई–पटकको विश्वविजेता उरुग्वे र प्रतियोगिताको नवप्रवेशी टोली केप भर्डे बीच खेल हुँदैछ । फिफा विश्वकप २०२६ अन्तर्गतको यो खेल सोमबार बिहान पौने ४ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा ऐतिहासिक प्रदर्शन गर्दै स्पेनलाई गोलरहित बराबरीमा रोकेको केप भर्डे उच्च मनोबलका साथ मैदान उत्रिनेछ । साउदी अरेबियाविरुद्ध संघर्षपूर्ण बराबरी खेलेको उरुग्वे जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान बलियो बनाउन चाहन्छ ।
उरुग्वेले साउदी अरेबियाविरुद्ध एक गोल गरे पनि २७ प्रहार गरेको थियो । जसमध्ये १० प्रहार अन टार्गेट थियो । उक्त खेलमा उरुग्वे फिनिसिङ चुकेको थियो । स्पेनविरुद्ध केप भर्डेले उत्कृष्ट रक्षात्मक प्रदर्शन गरे पनि केही हदसम्म भाग्यले पनि साथ दिएको थियो । त्यसकारण केप भर्डे उरुग्वेसँग पनि रक्षात्मक खेल्ने रणनीतिमा देखिन्छ । यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।

आफ्नो पहिलो विश्वकप खेलमै बलियो स्पेनलाई ०–० को बराबरीमा रोकेर केप भर्डले सनसनी मच्चाएको थियो । टोली हाल उत्कृष्ट लयमा छ र पछिल्ला तीन खेलमा कुनै पनि गोल खाएको छैन । स्पेनविरुद्ध ८ वटा उत्कृष्ट बचाउ गरेका गोलकिपर भोजिन्हा र काउन्टर अट्याकमा घातक बन्न सक्ने रायन मेन्डेस टोलीका मुख्य हतियार हुन् ।
पहिलो खेलमा साउदी अरेबियासँग १–१ को बराबरीमा रोकिएपछि उरुग्वे दबाबमा छ । साउदीविरुद्ध २७ सट प्रहार गरे पनि उरुग्वेले मात्र १ गोल गर्न सकेको थियो । मिडफिल्ड स्टार फेडेरिको भाल्भर्डे र स्ट्राइकर डार्विन नुनेजको प्रदर्शन केप भर्डेका लागि घातक बन्न सक्छ ।

डिफेन्स भने भरपर्दाे देखिएपनि उरुग्वेले गोल भने खासै गर्न सकेको छैन । उरुग्वेले आफ्ना पछिल्ला ८ मध्ये ७ खेलमा १ वा सोभन्दा कम गोल मात्र गर्न सकेको छ ।
केप भर्डे पनि गोलकिपर र डिफेन्सकै कारण हारबाट जोगिराखेको छ । विश्वकप छनोट चरणका १० मध्ये ७ खेलमा ‘क्लिन सिट’ राखेको केप भर्डेको डिफेन्स निकै संगठित छ । आक्रमणमा भने कमजोर देखिन्छ ।
प्रतिक्रिया 4