News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापान र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ ।
- खेलको पहिलो आधा घण्टामा दाइची कामाडा र आएसे उएदाले गोल गर्दै जापानलाई दुई गोलको अग्रता दिलाए ।
- सन् १९३० मा उरुग्वेबाट शुरू भएको विश्वकपको २३औं संस्करण अन्तर्गत यो ऐतिहासिक खेल भएको हो ।
७ असार, काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ ।
उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आधा घण्टामै दुई गोल गरेको हो ।
खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । विश्वकपमा जापानको यो सबैभन्दा छिटो गोल हो ।
यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००औं खेल भएको हो ।
प्रतिक्रिया 4