+
+
Shares

दशैंमा स्मार्टफोनबाट फोटो खिच्दै हुनुहुन्छ ? यी १० कुरामा ध्यान दिनुहोस्

-एजेन्सीहरुको सहयोगमा -एजेन्सीहरुको सहयोगमा
२०७३ असोज २२ गते १३:०४

click
फोटोग्राफी भन्ने कुरा केवल प्रविधिको खेल मात्र होइन यो कला पनि हो । चाहे स्मार्टफोनबाट होस् वा अरु क्यामेराबाट, उत्कृष्ट फोटो खिच्नका लागि क्यामेराको क्षमतासँगै फोटो खिच्ने कला पनि आवश्यक पर्दछ ।

उत्कृष्ट फोटो खिच्नका लगि उत्कृष्ट दृश्य छनोट, राम्रो तथा पर्याप्त प्रकाशका लागि फोटोग्राफिक गहिराइको ज्ञान आवश्यक हुन्छ । सामान्य कुरामा पनि ध्यान दिनुभयो भने तपाइँले बोकिरहेको स्मार्टफोनबाटै यो दशैंमा उत्कृष्ट तस्वीर खिच्न सक्नुहुन्छ । नत्र रमाइलो उत्सवलाई सदा सम्झाउने तस्वीर हेर्दा दिक्क लाग्ने खालका पनि आउन सक्छन् । स्मार्टफोनबाट उत्कृष्ट फोटो खिच्नका लागि केही टिप्सहरु उपयोगी हुन्छन् जुन यस्ता छन्ः

१. केही धैर्य गर्नुहोस्, समय लिनुहोस्

स्मार्टफोन फोटोग्राफी वास्तवमा तिव्र गतिको फोटोग्राफी हो । क्यामेरा तेर्साउने, एंगल मिलाउने, आँखा मार्ने झण्झट हुँदैन यसमा । तर, यसो भन्दैमा स्मार्टफोनबाट हतार-हतारमा फोटो खिच्दा फोटोको गुणस्तर बिगि्रने पक्का हुन्छ । त्यसैले फोटो खिच्दा धैर्य गर्नुस्, केही सेकेण्ड खर्चिनुस् । फोटोको कम्पोजिसन ठीक छ, फोटोको प|mेमभित्र सबै आवश्यक वस्तुहरु परेका छन् भन्ने कुरामा ढुक्क हुनुहोस् । त्यस्तै प्रकाश तथा एंगल पनि मिलाउनुहोस् । यसो गर्दा केही सेकेण्ड बढि समय लाग्नसक्छ । तर यसले तपाइँको फोटोको गुणस्तरमा नाटकीय रुपमा सुधार ल्याउँछ ।

२. संयोजनको सिद्धान्त पालना गर्नुहोस्

फोटोलाई बढि सुन्दर बनाउने बहानामा एउटै फोटोभित्र धेरै चिजहरु पार्छु भनेर मात्र फोटो सुन्दर तथा उत्कृष्ट हुँदैन । फोटोमा कुन कुरालाई फोकस गर्ने हो ? क्षितिज र फोटोमा सामेल गराउने वस्तुहरुको संयोजन तथा स्थान कसरी मिलाउने हो ? भन्ने कुरामा जानकार हुनुपर्दछ । तपाइँले खिच्न खोजेका चिजहरु फोटोको पिँधमा मात्र आउने र त्यो भन्दा धेरै क्षितिज वा आकाशको भाग आउने भयो भने फोटो उत्कृष्ट हुन सक्दैन । फोटो हेर्नेलाई आकाश हेर्ने की फोटोको मान्छे भन्ने कुरामा द्धिविधा हुन्छ जसले फोटोलाई कुरुप बनाउँछ । कहिलेकाही खिचिसकेको फोटोलाई क्रप गरेर समेत कम्पोजिसन मिलाउन सकिन्छ ।

३. नजिकबाट खिच्नुहोस्

स्मार्टफोनबाट फोटो खिच्दाको सबैभन्दा ठूलो समस्या भनेकै स्मार्टफोन क्यामेरामा अप्टिकल जूम फिचर हुँदैन । जसका कारण तपाइँले फोटो तथा भिडियो खिच्दा जति जूम गर्नुहुन्छ उत्तिनै धेरै धमिलोपन तथा होहल्ला आउँछ । फोटोको वस्तुलाई ठूलो बनाउनका लागि पछि क्रप गर्न पनि सकिन्छ । तर जति धेरै क्रप गर्यो उति नै फोटोको क्वालिटी कम हुन्छ । त्यसैले जुन वस्तुको फोटो खिच्नुपर्ने हो त्यसको नजिकै गएर खिच्नुहोस् । बढि दृश्य समेट्ने बहानामा आवश्यकता भन्दा धेरै टाढाबाट स्मार्टफेनले फोटो खिच्दा फोटोको गुण्स्तर कम हुन्छ । यस्तै कुनै तस्वीरलाई धेरै जुम गरेर नखिच्नुहोस्, सकेसम्म नजिकबाट खिच्नुस् । जुम गरेर खिच्नुभन्दा खिचेको तस्वीरलाई पछि क्र्रप गर्नु तुलनात्मक रुपमा राम्रो विकल्प भए पनि सकेसम्म क्र्रप नै गर्नु नपर्नेगरी नजिकबाट खिचेको सबैभन्दा राम्रो ।

४. फ्लास बन्द गर्नुहोस्

पर्याप्त प्रकाश भएको ठाउमा स्मार्टफोनबाट फोटो खिच्दा फ्लास अफ गर्नुहोस् । यसरी अनावश्यक फ्लासले फोटोमा अनावश्यक छाया पार्ने, रंग नै बिगार्ने तथा परावर्तनका कारण फोटोलाई नै झिरमिर पार्नसक्छ । त्यसैले फ्लास नभै नहुने कम प्रकाशको ठाउँमा बाहेक स्मार्टफोनको फ्लास बन्द गर्दा हुन्छ ।

५. क्यामेरा एपको प्रयोग गर्नुहोस्

तपाइँको स्मार्टफोन खरिद गर्दखेरि नै राखिएको इनबिल्ट क्यामेरा एप नै फोटो खिच्नका लागि पर्याप्त हुन्छ । तर यदि तपाइँ अझै उत्कृष्ट फोटो खिच्न चाहनुहुन्छ भने अरु विभिन्न प्रकारका क्यामेरा एपहरु इन्स्टल गर्न सक्नुहुन्छ । क्यामेरा प्लस, म्यानुअल, प्रो क्यामेरा, क्यामेरा जूम एफ एक्स तथा क्यामेरा ३६० जस्ता थर्ड पार्टी क्यामेरा एप उत्कृष्ट फोटो खिच्नका लागि आफ्नो स्मार्टफेनमा इन्स्टल गर्न सक्नुहुन्छ ।

६. लेन्स सधै सफा गर्नुहोस्

फोनलाई सधैजसो गोजीभित्र राख्ने निकाल्ने गरिएको हुन्छ । जसका कारण क्यामेराको लेन्समा फोेहोर जम्मा भएको हुनसक्छ । त्यसैले फोटो खिच्नुअघि स्मार्टफोन क्यामेराको लेन्स सफा गर्नुहोस्।

७. एचडीआर मोडको प्रयोग गर्नुहोस्

स्थिर चिजको तस्वीर खिच्नुछ भने एच डी आर अर्थात् हाइ डाइनामिक रेन्ज मोड सबैभन्दा उपयुक्त मोड हो । यो मोडले तस्वीरमा प्रकाश तथा छायाँ समान छ की छैन भन्ने कुरा मिलाउँछ । धेरै चम्किलो तथा प्रकाशवाला वस्तुको फोटो लिँदा पनि यो मोड उपयुक्त हुन्छ । यो प्रविधिले वास्तवमा अलग अलग एक्सपोजरका दुइवटा तस्वीर खिचेर त्यसको उत्कृष्ट भाग मिलाएर एउटा तस्वीर बनाउँछ । यसको लागि क्यामेरा पूरै स्थिर राख्नु आवश्यक हुन्छ ।

८.सही फोकस अर्थात् सेलेक्टिभ फोकस र रिफोकस प्रयोग गर्नुहोस्

स्मार्टफोनबाट फोटो खिच्दाका बखत जुन वस्तुको फोटो खिच्न थालेको हो त्यसलाई फोकस गर्नु पर्छ, चाहे त्यो पृष्ठभूमिको होस् वा माथिको । यदि स्मार्टफोन क्यामेरा एपमा रिफोकस गर्ने सुविधा छ भने तपाइँ फोटो खिचिसकेपछि पनि यसरी फोटोमा बढि महत्व दिनुपर्ने वस्तुलाई फोकस गरेर मिलाउन सकनुहुन्छ । यसले स्मार्टफोनबाट खिचेको फोटोलाई निकै उत्कृष्ट तथा प्रष्ट बनाइदिन्छ ।

९. टचस्क्रिनको सट्टा क्यामेरा बटन प्रयोग गर्नुहोस्

ल्याडस्केप मोडमा फोटो खिच्नका लागि स्मार्टफोनको भोल्यूम बटन वा क्यामेरा बटनको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो गर्दा हात हल्लिँदैन । फोटो खिच्दा टचस्क्रिनको बटनमा क्लिक गरिरहँदा हात हल्लिएर स्मार्टफोन पनि हल्लिन पुग्छ, जसका कारण फोटोको गुणस्तरमा धक्का लाग्छ । यदि तपाइँको फोनमा छुट्टै क्यामेरा बटन छैन भने फोनको सेटिंग्समा गएर चेक गर्नुहोस् की तपाइँको भोल्यूम बटनलई क्यामेरा शटरको रुपमा प्रयोग गर्न सकिन्छ की सकिदैन । यदि तपाइँको फोनमा यो फिचर रहेनछ भनेपनि चिन्ता नगर्नुस् गुगल प्ले स्टोरमा यस्ता थुप्रै एन्ड्रोइड एप छन् जसलाई इन्स्टल गरी तपाइँले आफ्नो भोल्यूम बटनलाई क्यामेरा बटनको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।
१०. फिल्टरको प्रयोग गर्नुहोस्

फोटो खिचिसकेपछि त्यसलाई अझै सुन्दर बनाउनका लगि तपाइँले फोटो फिल्टरको प्रयोग गर्न सक्नुहुन्छ । यसले फोटोको छायाँ बदल्न, एकैनासको बनाउन तथा पृष्ठभूमि र मूख्य भागलाई छुट्टाउन सहयोग गर्दछ । यसले फोटोको सुन्दरता झनै बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?