Comments Add Comment

‘छक्का पन्जा’ पछि चल्यो ‘किस्मत २’

shilpa pokheral
भदौ २४ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ अहिले पनि हलमा चलिरहेको छ । आजबाट यो चलचित्र सातौ हप्तामा प्रवेश गरेको छ । यो चलचित्रपछि ७ वटा नयाँ चलचित्र रिलिज भए । तर, असोज २१ गते रिलिज भएको चलचित्र ‘किस्मत २’ बाहेक अरु सबैले हावा खाए ।

एक महिनाको अन्तरमा २ वटा चलचित्रले व्यापार राम्रो गरे । बाँकी रहेका ५ वटा चलचित्र चलेनन् । ‘छक्का पन्जा’ले सर्वाधिक कमाइको रेकर्ड बनाइरहेको छ । सातौ हप्तासम्म पनि राम्रो कमाई गरिरहेको यो चलचित्रले ‘किस्मत २’को व्यापारलाई पनि केही असर गर्‍यो ।

तिहारसम्म ठूलो चलचित्र नभएका कारण पनि दुबै चलचित्रले व्यापार गर्ने देखिएको छ । ‘छक्का पन्जा’ रिलिज भएपछि बलिउडका स्टारहरुको चलचित्र नआउनुले पनि ‘छक्का पन्जा’लाई फाइदा गरेको पक्कै हो ।

दशैको बिदामा काठमाण्डौ बाहिर राम्रो कमाई गरेको चलचित्र ‘किस्मत २’ले अब काठमाण्डौमा व्यापार धेरै गर्ने विश्लेषण गरिएको छ ।
छविराज ओझाले निर्माण गरेको ‘किस्मत २’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । शिल्पा पोख्रेल, किशोर खतिवडा, पृथ्वीराज प्रसाँई चलचित्रको मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment