+
+
Shares

थापालाई सुनाइएको मृत्युदण्डको फैसला पुनर्विचार गर्न श्रीलंकालाई प्रधानमन्त्री प्रचण्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३० गते ११:२०

Prachand-and-Maitripala-Sirsena

३० असोज, गोवा । लागूऔषधको अभियोगमा ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न प्रधानमन्त्री प्रचण्डले श्रीलंका सरकारलाई आग्रह गरेका छन् ।

आइतबार भारतको गोवामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेनासँग भएको भेटमा प्रचण्डले मृत्युदण्डको फैसला पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकहरुमा नेपाली महिलाहरु लगिने गरिएकामा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका थिए ।

श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताएका थिए ।

भारतले आयोजना गरेको ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हाल गोवामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?