+
+

टिसीएनमा खुल्यो ४० जनाको लागि जागिर

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २ गते १७:००

२ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)मा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै टिसीएनले जागिर खुलएको हो ।

tcn-timber-corporationकाठको काम गर्ने टिसीएनले प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गरेको हो । टिसीएनमा उपप्रवन्धकदेखि सहायक र कम्प्युटर सहायक पदसम्मका लागि जागिर खुलेको छ । टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ ।

लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना बरिष्ट सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग गरेको छ ।

अबको ३० दिनभित्र इच्छुक उम्मेदवारलाई दरखास्त बुझाउन समयसीमा दिइएको छ ।

tcn-vacancy

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?