+
+
Shares

प्रधानमन्त्रीलाई विपक्षीको प्रश्न-गोवामा त्रिदेशीय वार्ता भएको हो कि होइन ?

माओवादी सशस्त्र युद्धको बेलादेखि नै भारतले सघाएको पुष्टिः सुवाल

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २ गते १६:५०

Bharat Mohan Adhikari (2)
२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयले दावी गोवामा त्रिदेशीय वार्ता भनेर गरेको दावी विवादमा परेको भन्दै प्रमुख विपक्षी नेकपा एमाले सहितका दलले यसबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भरतमोहन अधिकारीले त्रिदेशीय वार्ता भएको हो भने सरकारले संसदलाई यसबारे जानकारी गराउनुपर्ने बताए ।

प्रधानमन्त्रीको सचिवालयले त्रिदेशीय वैठक भएको भनेर उत्साहपूर्ण समाचार प्रवाह गरेलगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन गरेरै उक्त दावीको खण्डन गर्नुले नेपालको विश्वसनीयतामा प्रश्न उठाएको अधिकारीले बताए ।

अधिकारीले भने, ‘भारतीय विदेश मन्त्रालयका प्रवक्ताले त्रिदेशीय छलफल भएको छैन भनेर खण्डन गर्नुले अन्यौलता उत्पन्न भएको छ । प्रधानमन्त्रीले एयरपोर्टमा आए पनि फेरि त्यहि कुरा दोहोर्‍याउनुभएको छ । यसबारे प्रष्ट पार्नुपर्छ ।’

अधिकारीले चीनसँग केपी ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यन्वयनमा सरकार उदासिन भएको भन्दै पछिल्ला गतिबिधिहरु शंकास्पद रहेको बताए ।

संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिदेशी छलफलबारे प्रधानमन्त्रीले पष्ट पार्नुपर्ने बताए । सुवालले माओवादी र कांग्रेसको सरकार भारतले आफ्नो उद्देश्य पूरा गर्नका लागि गठन गरेको आरोपसमेत लगाए ।

सुवालले भने, सशस्त्र युद्धको बेला पनि माओवादीलाई भारतले सहयोग गरेको थियो । अहिले चीनसँग नेपालको सम्बन्ध कटाउन र आफ्नो अनुकुल नेपाल चलाउन २५ बुँदे राष्ट्रघाती सम्झौताको ११ औं बुँदा अनुरुप काम भइरहेको छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको २५ बुँदेको ११ औं बुँदामा अन्तर्राष्ट्रिय मामिलामा नेपाल र भारतको एउटै धारणा हुने आशय उल्लेख रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?