Comments Add Comment

अन्ततः तामेल भयो लोकमानको म्याद, मुद्दा पेशीमा चढ्ने बाटो खुल्यो

Lokman-singh-karki

२ कात्तिक, काठमाडौं । करिव एक महिनाको लामो प्रयासपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको म्याद तामेल भएको छ ।

करिव एक महिनाको लामो प्रयासपछि सोमबार बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन मंगलबार अदालतमा प्राप्त भएको छ । अब मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १० की सचिव सरिता राईको रोहबरमा म्याद तामेल पत्र पढेर सुनाइएको छ । र, कात्तिक १ को मितिमा कार्कीको घरको पूर्व फर्किएको दैलोमा टाँसोको व्यहोरा सर्वोच्चमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

Tamele

कार्की अख्तियार प्रमुख हुनका लागि आवश्यक योग्यता नभएको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो । र, अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो ।

तर, कार्की त्यसलाई छल्न विदेश भ्रमणमा गए । र, उनी अझैसम्म स्वदेश फर्किएका छैनन् ।

कार्की नआएपछि सर्वोच्चले म्याद तामेलका लागि टोली खटायो । तामेलीका लागि खटिएका तामेलदार शम्भुबहादुर खत्री दशैं अघि सम्पर्कविहीन भए । दशैं विदा सकिए लगतै सर्वोच्चले अर्को टोली खटायो । तर, आइतबार बानेश्वर पुगेको टोलीलाई अवरोध भयो ।

तर, सोमबार म्याद तामेल भएको छ । र, अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा आफ्नो प्रतिनिधि पठाउन सक्नेछ । त्यसो त कार्कीले ३० दिनको म्याद थप्न पाउने छन् ।

यो पनि पढ्नुस् 

लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल र एक हजार रुपैयाँ जरिवानाको चेतावनी

लोकमानको मुद्दाः अब कसरी अघि बढ्छ ?

सर्वोच्चले लोकमानका ज्वाइँलाई समेत अदालतको अवहेलनामा कारवाही गर्न सक्ने !

संसदमा प्रश्न उठ्यो-लोकमान कुन लोकका यमराज हुन् ?

लोकमानले पदीय आचरण विपरित काम गरेको गगन थापा र यज्ञराज सुनुवारको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment