Comments Add Comment

लोकमानको मुद्दाः अब कसरी अघि बढ्छ ?

अझै ४५ दिन मुद्दा पेशीमा नचढ्ने संकेत

Lokman-Sing-Karki

२ कात्तिक, काठमाडौं । करिव एक महिनाको लामो प्रयासपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मुद्दाको म्याद तामेल भएको छ । यसले उनीविरुद्धको मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ । तर, अदालती प्रक्रियाअनुसार यसले अझै केही समय लिनेछ । अब के हुन्छ त मुद्दाको प्रक्रिया ?

म्याद तामेल भएको मितिले १५ दिनभित्र अख्तियार प्रमुख कार्की तारेख बुझ्न आफैं सर्वोच्च अदालतमा उपस्थित हुनुपर्नेछ । नभए उनले आफ्नो प्रतिनिधिलाई अदालतमा पठाउन सक्नेछन् ।

यो अवधिमा अदालतमा नगए कार्कीले अदालती नियम अनुसार म्याद थाम्ने समय पाउनेछन् । त्यो समय १५ वा ३० दिनसम्म हुन सक्छ । फौजदारी-देवानी मुद्दामा ३० दिन हुने भनिए पनि यो मुद्दा आधारण भएकाले १५ दिन मात्रै हुनुपर्ने रिट निवेदक ओमप्रकाश अर्यालको मत छ ।

अर्थात लोकमानले अब यो मुद्दालाई बढीमा ३० देखि ४५ दिनसम्म झुलाउन सक्नेछन् । त्यसपछि मात्रै मुद्दा पेशीमा चढ्ने औपचारिक बाटो खुल्छ । त्यसक्रममा दुबै पक्षले वकिल नियुक्त गर्नेछन् र पेशीमा चढेको दिन इजलासमा गएर बहस हुनेछ ।

म्याद बुझेको ४५ दिनभित्र मुद्दाका पक्ष-विपक्ष उपस्थित भए पनि नभए पनि अदालतले त्यसपछि पेशी तोक्न सक्नेछ । यसमा अख्तियार प्रमुख लोकमानसिंह कार्की वा उनका वकिल अनुपस्थित भए पनि केही फरक पर्नेछैन । किनकि यो मुद्दामा लोकमान मात्र नभई राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, अख्तियारलाई पनि विपक्षी बनाइएको छ । रिट निवेदनक अधिवक्ता अर्याल भन्छन्, यो उनलाई सुनुवाइको मौका दिइएको हो । उनी आएनन् भने पनि अरु विपक्षी छन् ।’

कार्की अख्तियार प्रमुख हुनका लागि आवश्यक योग्यता नभएको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो । र, अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो ।

तर, कार्की त्यसलाई छल्न विदेश भ्रमणमा गए । र, उनी अझैसम्म स्वदेश फर्किएका छैनन् ।

यो पनि पढ्नुस् 

अन्ततः तामेल भयो लोकमानको म्याद, मुद्दा पेशीमा चढ्ने बाटो खुल्यो

लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल र एक हजार रुपैयाँ जरिवानाको चेतावनी

सर्वोच्चले लोकमानका ज्वाइँलाई समेत अदालतको अवहेलनामा कारवाही गर्न सक्ने !

लोकमानले पदीय आचरण विपरित काम गरेको गगन थापा र यज्ञराज सुनुवारको आरोप

संसदमा प्रश्न उठ्यो-लोकमान कुन लोकका यमराज हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment