+
+

साझाका नयाँ बसले दुई सातापछि सेवा थाल्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते ११:०८

sajha new bus 11 (2)
४ कात्तिक, काठमाडौं । साझा यातायातले दुई सातापछि ३० नयाँ मास बस सञ्चालन गर्ने तयारी गरेको छ । पुराना ८ बसहरुले उपत्यका बाहिर ४ गन्तब्यमा सेवा थालेपछि साझाले केही नयाँ बसलाई पुरानै रुटमा सञ्चालन गर्ने साझाको योजना छ ।

साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बस सञ्चालनका लागि अन्तिम तयारी गरिरहेको बताए ।

आगामी १२ गतेसम्म ड्राइभर छनौटको काम सकिने र रुट इजाजतको प्रक्रिया टुंगिए तिहार अघि नै बस चल्न सक्ने उनले बताए ।

‘तिहार अघि नै निश्चित रुपमा चल्छ भन्ने छैन, तर, हाम्रो प्रयास हितारअघि नै चलाउने हो’ पाण्डेयले भने,’ रुट इजाजतसहित सबै प्रक्रिया टुंगिएलगत्तै बसहरु चल्छन् ।’

साझाको बोर्ड बैठकले कुन रुटमा नयाँ बसहरु चलाउने भन्ने निर्णय गर्न बाँकी छ ।  काठमाडौं महानगरपालिकालाई १० करोडको शेयर बेचेर साझा यातायातले ३० वटा नयाँ बस किनेको हो ।

नयाँ बसमा दुईवटा ढोका छन् र दुबै फराकिला छन् । बसको पछिल्लो भागको ढोकाबाट हृवील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ ।

बसमा दुईवटा हृवील चेयर अटाउने स्पेश छ । र, बसभित्र हृवीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ ।
यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ ।

Sajha_ New_Bus
बसको ढोका ड्राइभरले नै अटो खुल्ने लगाउने गर्न सक्छन् । यो बसमा ४ वटा भेन्टिलेटर दिइएको छ । यसले बसभित्र बस्दा यात्रुलाई अप्ठेरो महशुस हुने छैन । गाडीका विभिन्न भागमा मोबाइल चार्ज गर्ने सुविधा पनि दिइएको छ । अहिले चार्जिङ फेसिलिटी भएका एउटा पनि बस काठमाडौंभित्र गुड्दैनन् ।

बसमा ४० वटा सिट छन् । सीटहरु अन्य बसहरुको तुलनामा ठूला छन, जसले अभिभावकसँग यात्रा गर्ने बालबालिकालाई सहज हुनेछ । बीचभागमा पर्याप्त स्पेशका साथै ३० वटा हृयांगर छ, जसका कारण उँभिएर यात्रा गर्दा पनि कोचिएर बस्नु पर्नेछैन ।

साझाले ०७० को वैशाखदेखि राजधानीमा १६ वटा बस सञ्चालन गरिरहेको छ । दशैंदेखि साझाले बाग्लुङ, गोरखा, लुम्बिनी र वीरगञ्जमा पनि बस सेवा सुरु गरेको छ ।

अहिले उपत्यका नयाँ बसपार्कदेखि लगनखेलसम्म, नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म  र लगनखेलदेखि बुढानिलकण्ठसम्म सेाझा चलिरहेको छ । अब यि बाहेक केही नयाा रुटमा पनि साझाले सेवा थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?