+

मेस्सीको उत्कृष्ट लयः जुन अरुसँग तुलना गर्न मिल्दैन

२०७३ कात्तिक  ८ गते १५:१० २०७३ कात्तिक ८ गते १५:१०
मेस्सीको उत्कृष्ट लयः जुन अरुसँग तुलना गर्न मिल्दैन

Messi

लियोनल मेस्सीले साना ठूला चोटका बाबजुद आफ्नो उत्कृष्ट लयलाई जारी राखेको संकेत गर्दै बार्सिलोनाको १२ बर्षे करिअरमध्ये सबैभन्दा उत्कृष्ट सिजनको सुरुवात गरेका छन् ।

२९ बर्षीय अर्जेन्टाइन सुपरस्टारले शनिबारको खेलमा भ्यालेन्सियाबिरुद्ध अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंकमात्रै दिलाएनन्, उनले आफ्नै नाममा रहेको कीर्तिमानमा पनि सुधार गरे ।

क्याटलान क्लवका लागि मेस्सीको पछिल्लो सबै सिजन उत्कृष्ट छ । तर, अहिलेको सिजनको सुरुवात उनको यस्तो छ कि यसअघिका सिजनहरुसँग तुलना गर्नै मिल्दैन । उनले बार्सिलोनाबाट यस सिजनको सुरुवाती ११ खेलमा १४ गोल गरेका छन् । ६०.२ मिनेट औसतमा उनले गोल गरेका छन् ।

मेस्सीले यस सिजनको सुरुवात उत्कृष्ट लयसँगै गरेका थिए । तर, ग्रानाडाबिरुद्धको खेलमा उनले गोल गर्न सकेनन् र आफै घाइते हुन पुगे । यद्यपि उनको यो सिजन अन्यभन्दा उत्कृष्ट रहृयो । यसअघि सन् २०१०/११ को सिजन उनको उत्कृष्ट थियो ।

बार्सिलोनामा संसारकै सबैभन्दा उत्कृष्ट अग्रपंक्ति भएको क्लव हो । एमएसएन अर्थात मेस्सी, स्वारेज र नेइमारको अभुतपूर्व सन्तुलनताले यस क्लवले एकपछि अर्को ठूला सफलता हासिल गरेको छ ।

मेस्सीका अलावा यस सिजनमा लुइस स्वारेजले १३ खेलबाट १० गोल गरेका छन् भने नेइमारले १० खेलबाट ६ गोल गरिसकेका छन् । विश्वस्तरीय स्ट्राइकरहरुको सन्ुतलन बार्सिलोनामा उत्कृष्ट देखिन्छ ।

बार्सिलोना लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय