+

मेस्सीको उत्कृष्ट लयः जुन अरुसँग तुलना गर्न मिल्दैन

२०७३ कात्तिक  ८ गते १५:१० २०७३ कात्तिक ८ गते १५:१०

Messi

लियोनल मेस्सीले साना ठूला चोटका बाबजुद आफ्नो उत्कृष्ट लयलाई जारी राखेको संकेत गर्दै बार्सिलोनाको १२ बर्षे करिअरमध्ये सबैभन्दा उत्कृष्ट सिजनको सुरुवात गरेका छन् ।

२९ बर्षीय अर्जेन्टाइन सुपरस्टारले शनिबारको खेलमा भ्यालेन्सियाबिरुद्ध अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंकमात्रै दिलाएनन्, उनले आफ्नै नाममा रहेको कीर्तिमानमा पनि सुधार गरे ।

क्याटलान क्लवका लागि मेस्सीको पछिल्लो सबै सिजन उत्कृष्ट छ । तर, अहिलेको सिजनको सुरुवात उनको यस्तो छ कि यसअघिका सिजनहरुसँग तुलना गर्नै मिल्दैन । उनले बार्सिलोनाबाट यस सिजनको सुरुवाती ११ खेलमा १४ गोल गरेका छन् । ६०.२ मिनेट औसतमा उनले गोल गरेका छन् ।

मेस्सीले यस सिजनको सुरुवात उत्कृष्ट लयसँगै गरेका थिए । तर, ग्रानाडाबिरुद्धको खेलमा उनले गोल गर्न सकेनन् र आफै घाइते हुन पुगे । यद्यपि उनको यो सिजन अन्यभन्दा उत्कृष्ट रहृयो । यसअघि सन् २०१०/११ को सिजन उनको उत्कृष्ट थियो ।

बार्सिलोनामा संसारकै सबैभन्दा उत्कृष्ट अग्रपंक्ति भएको क्लव हो । एमएसएन अर्थात मेस्सी, स्वारेज र नेइमारको अभुतपूर्व सन्तुलनताले यस क्लवले एकपछि अर्को ठूला सफलता हासिल गरेको छ ।

मेस्सीका अलावा यस सिजनमा लुइस स्वारेजले १३ खेलबाट १० गोल गरेका छन् भने नेइमारले १० खेलबाट ६ गोल गरिसकेका छन् । विश्वस्तरीय स्ट्राइकरहरुको सन्ुतलन बार्सिलोनामा उत्कृष्ट देखिन्छ ।

बार्सिलोना लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय