+
+
Shares

‘राधा’ प्रिमियरमा संचिता र जीवनको सुहाएको जोडी, सेल्फी क्रेज पनि उस्तै ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १२ गते १०:०८

sanchita-jiwan-and-yougesh
आजबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘राधा’को बिहिबार दिउँसो काठमाण्डौको वीग मुभिजमा प्रिमियर गरिएको छ । चलचित्रका कलाकार, पत्रकार र अन्य चलचित्रकर्मीलाई निम्तो गर्दै निर्देशक योगेश घिमिरेले चलचित्रको प्रिमियर गरेका हुन् ।

पि्रमियरको मुख्य हाइलाइटमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेल थिए । दुबै जनाको तस्बिर कैद गर्न फोटोग्राफरलाई भ्याई नभ्याई थियो भने सेल्फी मोह पनि उस्तै देखिएको थियो ।radha-premier-4 radha-premier-6 radha-premier-7 radha-premier-9

जीवन र संचिताको पहिरन पनि प्रिमियरको विशेष आकर्षण बनेको थियो । संचिताको वरिपरी घुमेको यो चलचित्रलाई लिएर उपस्थित पत्रकार र चलचित्रकर्मीले सुखद प्रतिक्रिया दिएका छन् । सिंगल हलमा यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा संचिता आफ्नो वेजोड भूमिकामा जमेकी छिन् भने जीवनको कमेडी पाटोले दर्शकलाई खुबै हसाँएको छ । सामाजिक कथालाई कमेडी र भावनासँग जोडेर निर्देशक घिमिरेले चलचित्र तयार पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?