Comments Add Comment

चिनियाँ दम्पतीको ८० हजार युआन फोहोरको थुप्रोमा !

Kathmandu-Fohor
काठमाडौंको सडकमा थुप्रिएको फोहोर । फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । तिहारमा चोरहरु सक्रिय हुने भएकाले सतर्कता अपनाउन सुरक्षाकर्मीले आग्रह गरिरहेका छन् । यसैक्रममा शुक्रबार राति ठमेलमा गहनामा लगाउने पत्थरको व्यापार गर्ने एक चिनियाँ दम्पतीको ८० हजार युआन हरायो ।

शनिबार बिहानै चिनियाँ दम्पती पैसा राखेको सेफ नै हराएको गुनासो बोकेर सोह्रखुट्टेस्थित प्रहरी कार्यालयमा पुग्यो । चिनियाँ दम्पतीको उजुरी लगत्तै प्रहरीले कार्यालयभित्रबाट सेफ निकालेर देखायो । उजुरी गर्नासाथ सेफ र त्यहाँ रहेको ८० हजार युआन सकुशल भेटाएपछि चिनियाँ दम्पती खुशीले गदगद भए ।

चिनियाँ युआनसहितको उक्त सेफ शुक्रबार राति दुई बजेतिर सोह्रखुट्टेका इन्स्पेक्टर बाबुराजा खड्काको टोलीले फोहोरको थुप्रोबाट फेला पारेर प्रहरी कार्यालयमा ल्याएको थियो ।

गस्ती गर्दै सातघुम्ती चोकमा आइपगुेपछि प्रहरीले एउटा फोहोरको थुप्रो देख्यो थुप्रोमाथि एउटा फलामको शंकास्पद भाँडो थियो । उक्त भाँडो पैसा राख्ने सेफ थियो ।

प्रहरीलाई देख्नेवितिकै केही व्यक्तिहरु फरार भए । प्रहरीले सेफ नियन्त्रणमा लियो र चौकीमा लग्यो ।

सोह्रखुट्टे बृत्तका इन्स्पेक्टर बाबुराजा खड्काका अनुसार नर्सिङ चोकको अशोक गल्लीमा रहेको एक पसलबाट उक्त सेफ चोरी भएको रहेछ । पत्थरको पसल र पैसा सटही गर्ने ठाउँ एउटै घरमा थियो । त्यही घरको माथिल्लो तल्लामा चिनियाँले केही समयअघि रेष्टुरेन्टसमेत चलाएका थिए । पछि उक्त रेष्टुरेन्ट छाडेर उनीहरु पत्थरको व्यापारमा लागेका थिए । उनीहरुले पत्थर विक्री गरेको पैसा संकलन गरेर सेफमा राखेका थिए ।

शुक्रबार सबैले पसल बन्द गरेर गए पनि चोरहरु पसलभित्रै लुकेर बसेको इन्स्पेक्टर खड्काले बताए । उनीहरु भित्रै बसेर राति सेफ र पथ्थरहरुसमेत लिएर निस्किएको प्रहरीको भनाइ छ । राति प्रहरी देखेपछि सेफ छाडेर भागेका चोरहरुले पत्थर चाँहि साथैमा लैजान सफल भएका छन् ।

चोरहरुको पहिचान भैसकेको डीएसपी राठौरले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment