+
+
Shares

आज तराईमा लोडसेडिङ नहुने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २१ गते ११:०९

Bulb,-Bijuli
२१ कात्तिक, काठमाडौं । आज तराईमा लोडसेडिङ नहुने भएको छ । तराईवासीको ठूलो पर्व छठलाई लक्षित गरेर नेपाल विद्युत प्राधिकरणले तराईमा लोडसेडिङ नगर्ने जनाएको छ ।

‘छठ पर्व भनेको तराईवासीको अत्यन्तै महत्वको पर्व हो,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरसँग भने, ‘त्यसैले शनिबार र आइतबार तराईमा लोडसेडिङ हुँदैन ।’

तराईमा भएका अधिकांस उद्योगहरु छठमा बन्द हुने भएकाले विद्युतको व्यवस्थापन गर्न कठिन नभएको उनले सुनाए ।
‘तराईका उद्योगहरु बन्दहुन्छन्, त्यति गर्दा पनि केही विजुली पुग्दैन’ घिसिङले भने, ‘भारतबाट हुने आयात केही बढाउँछौं र पहाडका केही स्थानको बिजुली कटौती गर्छौं ।’

छठको साँझ तराईमा झिलिमिली बत्ती बालिने हुँदा आइतबार तराईमा विजुलीको माग अत्यधिक हुन्छ । विद्युत प्राधिकरणले तीन हप्तादेखि काठमाडौंको लोडसेडिङ पनि हटाएको छ । उपत्यकामा पूर्णरुपमा लोडसेडिङ हटाउने पाइलट प्रोजेक्टका रुपमा अहिले लोडसेडिङ हटाइएको घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?