+
+
Shares

दिल्लीमा प्रदुषण उच्च, विद्यालय बन्द, घर बाहिर ननिस्कन सुझाव

'दीपावलीमा पड्काइएका पटाका प्रदुषणको मुख्य कारण'

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २१ गते ११:३६

२१ कात्तिक, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणको मात्रा लगातार बढेर नयाँ रेकर्ड कायम गरेको छ । दिपावलीमा पड्काइएका पटाकाहरुको कारण प्रदुषणको मात्रा बढेर मिटरले समेत नाप्न नसक्ने स्थितिमा पुगेको छ र राज्य सरकारले विद्यालयहरु बन्द गराएको छ ।

delhi-air-pollutionप्रदुषण बढेर खतरनाक स्थितिमा पुगेपछि दिल्ली सरकारले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएको छ ।

वातावरणविदहरुले घर बाहिर ननिस्किन स्थानीयबासीलाई सुझाव दिएका छन् । मानिसहरुमा आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ ।

पर्यावरण मन्त्री अनिल देवले भने, दिल्ली जस्तो महानगरमा पर्यावरणको स्थिति ३६४ दिनकै खराब स्थितिमा छ । स्थिति यति बिग्रिसकेको छ कि यसलाई गम्भीरताका साथ लिनु आवश्यक छ ।’

यन्त्रबाट समेत नाप्न सकिएन प्रदुषण

शनिबार राति दिल्लीमा १० बजेर ४० मिनेटमा हालसम्मकै सबैभन्दा बढी स्तरको प्रदुषण मापन गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्, ‘प्रदुषणको मात्रा यति धेरै थियो कि प्रदुषण मापन गर्ने मिटरले समेत रेकर्ड गर्न सकेन ।’

मौसम विभागका अनुसार प्रदुषण शनिबारको तुलनामा आइतबार झन् बढेको छ । मौसम विभागका अधिकारीहरुले घर बाहिर ननिस्कन वा निस्कनैपर्ने अवस्था आए विशेष प्रकारको मास्क प्रयोग गर्न सल्लाह दिएका छन् ।

दीपावलीमा पड्काइएका पटाका मुख्य कारण

दिल्लीमा पछिल्ला दिनहरुमा ग्यास चेम्बरहरुको निर्माण भइरहेको छ । त्यसको कारणले पनि प्रदुषण बढेको बताइन्छ ।  तर, वातावरण विदहरुका अनुसार ग्यास चेम्बरहरुमात्रै वातावरण प्रदुषणको कारण होइन बरु दिपावलीमा पड्काइएका पटाकाहरु प्रदुषणमा बढी जिम्मेवार छन् ।

वातावरणविदहरुले दिल्लीमा अहिलेको प्रदुषणयुक्त वातावरणबाट बँच्न सबै निर्माणस्थलमा काम बन्द गर्न, धूप र अगरबत्ती नजलाउन सुझाव दिएका छन् । यसैगरी कागज, पातपतिङ्गर नजलाउन, ट्राफिक लाइटमा रोकिँदा गाडीहरुको स्टार्ट बन्द गर्न, गाडीहरुमा जोर-बिजोर प्रणाली लागू गर्न, अन्तिम अवस्थामा मात्रै इलेक्टि्रक सामानको प्रयोग गर्न र सडकमा पानी छर्किन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?