+
+

यू- १९ एसिया कप क्रिकेट अर्को महिना, नेपालले पनि खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २१ गते २२:१०

acc-u-19-asia-cup२१ कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट हुने भएको छ । र, चार टेष्ट देशसँगै नेपालले पनि खेल्नेछ ।

पछिल्लो पटक २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो । त्यसयता हुन नसकेको यो प्रतियोगिता एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रक्रियोगिता गराउन लागेको हो ।

श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म श्रीलंकामा प्रतियोगिता हुनेछ ।

जसमा आयोजक श्रीलंकासँगै पाकिस्तान, भारत र बंगलादेशले खेल्नेछन् । यस्तै अफगानिस्तान, नेपाल, सिंगपुर र मलेसिया गरी आठ देशले भाग लिनेछन् । आठ देशलाई दुई समूहमा बाँडिनेछ । एक समूहको खेल कोलम्बोमा हुनेछ भने अर्को समूहको खेल दक्षिणी श्रीलंकामा खेलाइनेछ ।

खेलका लागि अरु देशले तयारी थालिसकेको छ । तर, नेपालले भने बन्द प्रक्षिक्षण सुरु गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?