+
+
Shares

महाभियोग प्रस्ताव पास गर्नुपर्छ: प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २२ गते १५:१६

Prachanda

२२ कात्तिक, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंहकार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् ।

मानव अधिकारकर्मीहरूको टोलीसँग सोमबार विहान भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र रक्षाका लागि पनिव्यवस्थापिकासंसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए ।

प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारितगर्नेबारे आन्तरिक गृहकार्य भइरहेको उनले भने ।

वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थपगर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनीगर्नुपर्ने माग गरेको

भारतपाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारेआयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?