+

आईसीसीको टोली अर्को साता नेपाल आउने

२०७३ कात्तिक  २२ गते १८:२३ २०७३ कात्तिक २२ गते १८:२३
आईसीसीको टोली अर्को साता नेपाल आउने
Icc
फाइल फोटो

२२ कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली अर्को साता नेपाल आउने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको विधान मस्यौदाका लागि बनाएको सल्लाहकार समितिको कार्यविभिमा नेपाल सरकारले असन्तुष्टि जनाएपछि आईसीसीको टोली कात्तिक २८ गते काठमाडौं आउन लागेको हो । आईसीसीको टोलीमा अमर शेख पनि रहनेछन, जसलाई आईसीसीले नेपाल सल्लाहकार समितिको नेतृत्व गर्ने जिम्मा दिएको छ ।

आईसीसीको टोलीसँग एसियाली त्रिकेट काउन्सिलका प्रतिनिधि पनि आउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

आईसीसीको टोलीले सल्लाहकार समितिका सदस्यहरुसँग समितिको कार्यविधिबारे छलफल गर्नेछ । सल्लाहकार समितिका नेपाली सदस्यहरुले आईसीसीले दिएको कार्यविधिप्रति असन्तुष्टि जनाएका छन् भने युवा तथा खेलकुद मन्त्रालयले पत्र नै पठाएको थियो ।

मन्त्रालयले सल्लाहकार समितिको नेतृत्व नेपालले गर्नु पर्ने र नयाँ निर्वाचन गरेर नयाँ क्यान नबन्दासम्म नेपाली क्रिकेटको सम्पूर्ण गतिविधि यो समितिबाट गर्नु पर्ने माग गरेको छ ।

अाइसीसी नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय