Comments Add Comment

को होलान् डोनाल्ड ट्रम्पका विदेशमन्त्री ?

who-will-be-the-us-foreign-minister

२४ कात्तिक, काठमाडौं । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

अब उनले एकसाताभित्र मन्त्रिपरिषद् गठन गर्नेछन् । र, विश्व समुदायको चासो ट्रम्पको विदेशमन्त्री को होलान् भन्ने छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पको विदेशमन्त्रीमा तीन अनुहार न्यूट गिङरिच, बब कोरकर र क्रिस क्रिष्टी छन् ।

जसमा न्यूट गिङरिचको सम्भावना बढी छ । न्यूट गिङरिच १९९५ देखि ९९ सम्म अमेरिकाको तल्लो सदनको ५० औं सभामुख पनि थिए । २०१२ मा राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा समेत रहेका उनी डोनाल्ड ट्रम्पको चुनावी अभियानका सल्लाहकार बने ।

भनिन्छ, ट्रम्पले उपराष्ट्रपतिका लागि छनौट गरेका तीन व्यक्तिमा उनको नाम पनि थियो । उनी सीमा सुरक्षा र अध्ययमनसम्वन्धी कडा नीति र गेष्ट वर्कर कार्यक्रमका पक्षपाति हुन्, जसअनुसार अमेरिकामा गएर विदेशीहरुले काम गर्न पाउँछन् । तर, नागरिकता पाउने छैनन् ।

कोर्कर रिपब्लिकन सिनेटर हुन् । उनी अमेरिकी सिनेटको अन्तराष्ट्रिय सम्वन्ध समितिको सभापति पनि हुन् ।

उनले ट्रम्पलाई समर्थन गरेका छन् । उनले बेलाबखतमा ट्रम्पको समर्थनमा कडा अभिव्यक्तिसमेत दिँदै आएका थिए । कोर्करले रिपब्लिकन पार्टीको अधिवेशनका क्रममा अमेरिकाको क्लिभल्याण्डमा जम्मा भएका विदेशी राजदूतहरुसँग हिमचिम बढाइरहेको देखिएको थियो ।

उनले इराक युद्धको पक्षमा बोल्दै आएका छन् । तर, अफगानबारे रणनीतिलाई लिएर उनले २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको आलोचना गरेका थिए ।

अर्का सम्भावित विदेशमन्त्री क्रिस क्रिष्टी हुन् । उनी न्यूजर्सीका गभर्नर समेत हुन् । अवैधानिक रुपमा अमेरिकामा बसेकाहरुलाई वैधानिक बनाउनु गलत भएको उनको मत छ ।

उनको भनाइमा कागजपत्र नभएका आप्रवासीहरु अपराधी होइनन्् तर, डिपोर्ट गर्दा पनि आउँछन् भने अपराधी हो । स्थानीय अधिकारीहरुलाई अध्यागमन कानून लागू गर्ने अधिकार दिनु गलत भएको उनको मत छ । सन् २०१३ मा उनले गैरकानुनी रुपमा बसेका आप्रवासीहरुले कम्तिमा तीन वर्षसम्म न्यूजर्सीमा हाइस्कुलसम्म अध्ययन गर्न पाउने निर्णय गरेका थिए ।

यो पनि पढ्नुस्

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ? 

डोनाल्ड ट्रम्पः त्यो उदास जर्मनी, यो निराश अमेरिका !

विश्वलाई आश्चर्यमा पार्दै ट्रम्पले कसरी जिते ? यस्ता छन् पाँच कारण

कहिले सम्हाल्छन् ट्रम्पले हृवाइट हाउसको कमाण्ड ? ओबामाले कहिले छाड्छन् ?

डोनाल्ड ट्रम्पका ५ अभिव्यक्ति, जसले उनलाई विवादमा ल्याए

हिलारी क्लिन्टनले स्वीकार गरिन् हार

विश्व समुदायलाई ट्रम्पको सन्देशः हामी साझेदारी चाहन्छौं, शत्रुता होइन

परराष्ट्रविद भन्छन्-अमेरिकाबाट नेपालले पाउने आर्थिक सहयोग कटौती हुनसक्छ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई नजिकबाट चिन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment