Comments Add Comment

‘साँढे’लाई तह लगाउँछु भन्ने संकल्प गरेको छुः गुरुङ

dhanraj-gurung

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा उभिएका छन् ।

संसदको ठूलो दल कांग्रेसले महाअभियोगबारे निर्णय गर्न नसकिरहेका बेला शुक्रबारको संसद बैठकमा सांसद गुरुङ खुलेर समर्थनमा उभिए । म्याद तामेलीमा गरेको अवरोध र संसदीय समितिलाई गरेको अटेर नै महाअभियोग अघि बढाउने आधार भएको उनले बताए ।

उनले कार्कीलाई ‘सडकमा खुला छोडिएको साँढे’को संज्ञा दिए । आज विहान आफू पशुपति जाने क्रममा गौशालामा जाममा परेको भन्दै उनले भने, ‘कारण के रहेछ भन्दा सडकमा साँढे रहेछ ।’

जाम कटेर पशुपतिनाथ मन्दिरमा पुग्दा त्यहाँ अर्को साँढे शालिनपूर्वक बसेको देखेको भन्दै उनले भने, ‘गौशालाको साँढेलाई तह लगाउँछु भन्ने संकल्प गरेको छु ।’

कार्कीलाई बचाउन धेरै चलखेल भएको उनको दाबी छ । नेताहरुमाथि छानविन थालेकाले महाअभियोग दर्ता गरेको, अख्तियार कमजोर हुन्छ भन्ने तर्क आएको उनले बताए ।

उनले भने, ‘सर्वोच्चले निस्सा हुने फैसला सुनाएपछि पत्रकार सम्मेलन गरेर लडाकु शिविरको छानविन थालेको बताइएको थियो । यो ब्लाकमेलिङ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment