नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको विरोधमा यूवाहरु सडकमा निस्किएका छन् । ‘दाह्री ग्याङ’ समुह विन्दको विरोधमा उत्रिएको मात्र छैन फेसबुकमा अभियान पनि चलाइरहेको छ । बारम्बारको नेपाल बन्दका कारण जनता दिक्क भएको भन्दै यूवाहरु सडकमा निस्किएका हुन् ।
सो समुहलाई चलचित्र ‘जात्रा’का मुख्य कलाकार विपिन कार्की र बर्षा राउत पनि ‘दाह्री समुह’सँगै बन्दको विरोधमा उत्रिएका छन् । आइतबार ‘दाह्री ग्याङ’ले काठमाण्डौको सीटी सेन्टरमा आयोजना गरेको ‘जात्रा’को च्यारेटी शो बन्दकै कारण प्रभावित भएपछि यूवाहरु सडकमा उत्रिएका हुन् ।
बन्दका कारण चलचित्रदेखि देशको हरेक कुरा अस्तव्यस्त भएको भन्दै यूवाहरुसँगै सडकमा उत्रिएको नायिका बर्षा राउतले जानकारी दिइन् । ‘बन्द सदाका लागि बन्द गरौ’ भन्ने प्लेकार्ड बोकेर कलाकारहरु यूवाहरुसँगै सडकमा सीटी सेन्टर अगाडि उभिएका थिए ।
अनलाइनखबरले बर्षासँग गरेको मस्तीको कुराकानी भने यहाँ हेर्न सक्नुहुनेछ ।
प्रतिक्रिया 4