Comments Add Comment

अर्को हप्तादेखि नेपालमा आइफोन ७, प्रि-बुकिङ सुरु

iphone-7
काठमाडाैं । एप्पलको आइफोन ७ र आइफोन ७ प्लस स्मार्टफोन आगामी सातादेखि नेपालमा बिक्रि सुरु हुने भएको छ । नेपालका लागि आइफोनको आधिकारिक बितरक जेननेक्स्ट कम्युनिकेसनका अनुसार मंसिर ३ गतेदेखि प्रि बुकिङ गरेका ग्राहकले आइफोन ७ सेरिज प्राप्त गर्नेछन् ।

एप्पलका थोक विक्रेताहरु ओलिज स्टोर, एपेक्स डिजिटल स्मार्ट स्टोर, इभो स्टोर, एनसेल, फ्यचुर वर्ल्ड, सोनु मोबाइल, क्वालालिटी कम्प्युटर, लगायतमा गत शुक्रबारदेखि नै नयाँ आइफोनको पि्र बुकिङ सुरु भएको थियो ।

नयाँ आइफोनमा एक बर्षे वारेण्टी दिइएको र दूरसञ्चार प्राधिकरणमा आइएमइआई नम्बर दर्ता भइसकेको जेननेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले जानकारी दिए ।

हाल आइफोन ७ र ७ प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रंगमा उपलब्ध छन् । यस्तै स्टोरेज क्षमताका आधारमा ३२, १२८ र २५६ गरी तीन श्रेणीका क्षमतामा दुवै सेरिजका फोन उपलब्ध छन् ।

i-phone-7-infograph

 

यस्तो छ मूल्य

आइफोनको स्टोरेज क्षमताअनुसार मूल्य फरकफरक छ । ३२ जीबीको आइफोन ७ को मूल्य ९१ हजार पर्छ भने १२८ जीबीको आइफोन ७ को मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी २५६ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ ।

ठूलो आकारको आइफोन ७ प्लस भने अलिक महंगो पर्छ । ३२ जीबीको आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार पर्छ भने १२८ जीवीको आइफोन ७ प्लसलाई १ लाख २२ हजार ५ सय रुपैयाँ पर्छ ।

यस्तै २५६ जीवीको आइफोन ७ प्लसलाई १ लाख ३६ हजार रुपैयाँ पर्ने छ । यो मूल्य नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट)सहितको हो । आधिकारिक रुपमा बिक्रि हुने सवै आइफोनमा एक बर्षको वारेन्टीसहित भ्याट बिल दिइने जेन नेक्स्टले जनाएको छ ।

बिभिन्न होलसेलरहरुले प्रि बुकिङमा भिन्नाभिन्नै अफर ल्याएका छन् । एपेक्स स्टोरले पि्र वुक गर्ने १ सय जना ग्राहकलाई टेम्पर ग्लास वा ब्याक कभर निःशुल्क उपहार दिने बताएको छ । यस्तै ओलिज स्टोरले ब्याककेस र ग्लास स्त्रिmन प्रोटेक्टर दिने अफर ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment