२९ कात्तिक, काठमाडौं । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्च ५० लाख रुपैयाँ दिने निर्णय गरेकोमा सामाजिक सञ्जाल ट्विटरमा तीव्र विरोध प्रकट भएको छ ।
कतिपयले सुजाताले आफ्नो आर्थिक हैसियत राम्रो भए पनि सरकारी पैसामा आँखा लगाएको भनेका छन् भने केहीले उनलाई गम्भीर रोग लागेको भन्दै सान्त्वना पनि दिएका छन् । केही ट्विटेले नेतालाई सरकारी ढुकुटीबाट दिइँदै आएको उपचार खर्च रोक्ने भनेर कस्सिएका स्वास्थ्य मन्त्री गगन थापा सुजाता प्रकरणमा असफल भएको भन्दै नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने तर्क पनि गरेका छन् ।
स्तन क्यान्सरबाट पीडित सुजातालाई मन्त्रिपरिषद्ले आइतबार ५० लाख दिने निर्णय गरेयता सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ ।
सरस्वती सुब्बा ट्विट गर्छिन्, ‘प्रचण्डजी, सिर्फ एक–दुई ठाउँ घर र जग्गा छ भनेर सुजाता दिदीलाई हेपेको ? जाबो ५० लाखले के गर्ने ? कमसेकम एउटा अस्पताल बन्ने रकम दिनुस् !‘
प्रचण्डजी
सिर्फ एकदुई ठाउँ घर र जग्गा छ भनेर सुुजाता दिदीलाई हेपेकाेे ? जाबाे ५० लाखले के गर्ने ?
कमसेकम एउटा अस्पताल बन्ने रकम दिनुस् !
— sarswati subba (@SarswatiSubba) November 13, 2016
पत्रकार यज्ञशले प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेका छन्, ‘धेरै प्रश्न गर्छन् भनेर होला प्रचण्डले १ करोड मागेकी सुजातालाई ५० लाख दिएछन् । मैले ५० लाख त जोगाएँ नि भनेर भाषण गर्न बेर छैन !’
धेरै प्रश्न गर्छन् भनेर होला प्रचण्डले १ करोड मागेकी सुजातालाई ५० लाख दिएछन् । मैले ५० लाख त जोगाएँ नि भनेर भाषण गर्न बेर छैन
— yangesh (@yangesh30) November 13, 2016
लेखक प्रकाश सायमीले कोइराला खानदानले सधैं धनलाई नै सर्वेसर्वा ठानेको टिप्पणी गर्दै लेखेका छन्, ‘कोइराला परिवार (NC) हाइज्याक गर्दा पनि ३० लाखभन्दा तल नझर्ने, माग्दा पनि ५० लाख तल नझर्ने । यो लखपति परिवार (NC) नै रैछ ।‘
कोइराला परिवार (NC) हाइज्याक गर्दा पनि ३० लाख भन्दा तल नझर्ने माग्दा पनि ५० लाख तल नझर्ने । यो लखपति परिवार (NC) नै रैछ ।
— Prakash Sayami (@sayamiprakash) November 14, 2016
सरकारी ढुकुटीबाट पहुँचवालाले मात्र उपचार खर्च पाउने विडम्बनाप्रति टेकनारायण भट्टराई कटाक्ष गर्छन्, ‘डा. चित्र वाग्लेको सम्झना आयो । ग्रामीण भेगका जनताका भगवान कहलिएका मध्यमवर्गीय वाग्लेले क्यान्सर जित्छु ५ लाख देऊ न भन्दा नदेर जिउँदै मर्ने बनाए ।’
डा.चित्र वाग्लेको सम्झना आयो।ग्रामीण भेगका जनताका भगवान कहलिएका मध्यम वर्गीय वाग्लेले क्यान्सर जित्छु ५लाख देउन भन्दा नदेर जिउँदै मर्ने बनाए
— Teknarayan Bhattarai (@Teknarayan_) November 13, 2016
यस्तै, प्रदीप पोख्रेलले नेता र आसेपासेलाई काख र अन्यलाई पाखा पार्ने सरकारको प्रवृत्ति औंल्याएका छन् । उनको ट्विट छ, ‘सुजातालाई दिने भनेको रकम भोलि नै सरकारले निकासा गर्छ । भूकम्प पीडितलाई दिने भनेको रकम निकासा हुन वर्षौ लाग्छ । यही हो लोकतन्त्र ।’
सुजातालाई दिने भनेको रकम भोलि नै सरकारले निकासा गर्छ ।भुकम्प पीडित लाई दिने भनेको रकम निकासा हुन बर्षौ लाग्छ । यहि हो लोकतन्त्र
— प्रदिप पोख्रेल (@Pradippokhrel4) November 13, 2016
सरकारी रकम बाँडिने लामो समयदेखिको सिलसिलामा सुजाता पछिल्लो पात्र मात्र हुन पुगेको भन्दै कतिपयले पुराना पात्र सम्झाएका छन् । यसै क्रममा नरेन्द्र केसीको ट्विटमा छ, ‘सुजाताको विरोध गर्दा करोड बढी लिनेकेपी-सुशीललाई बिर्सनुहुन्न, मात्र प्रश्न हो- पहुँचवालाले उपचार पाउने र गरिब मरिरहने क्रम कहिले रोकिन्छ ?’
सुजाताको बिरोध गर्दा करोडबढी लिने केपी- सुशीललाइ बिर्सनुहुन्न, मात्र प्रश्न हो- पहुँचवालाले उपचारपाउने र गरिब मरिरहनेक्रम कहिले रोकिन्छ ?
— Narendra K C (@shiningnepal) November 14, 2016
यही प्रसंगमा एउटा व्यक्तिमाथि पार्टीगत पूर्वाग्रह राख्दै एकोहोरो खेदो गरिएको संकेत गर्दै शिव दाहाल लेख्छन्, ‘दलका लठैतले गरेको उपचार खर्च विरोध सुन्दै हाँसो उठछ- हिम्मत भए आफ्ना नेताले विगतमा सरकारबाट लिएको उपचार खर्च चन्दा उठाएर फिर्ता गर्नु नि !’
दलका लठैतले गरेको उपचार खर्च विरोध सुन्दै हाँसो उठछ -“हिक्मत भए आफ्ना नेताले विगतमा सरकारवाट लिएको उपचारखर्च चन्दा उठाएर फिर्ता गर्नु नि ” !
— ShIvA DaHaL (@dahalshivaji) November 14, 2016
गत वर्ष भूकम्पपीडितका लागि ११ जिल्लाका ११ गाउँमा घर बनाइदिने घोषणा गरेकी सुजाता आज कसरी आफ्नो उपचार खर्च माग्ने स्थितिमा आइन् भनेर धेरै ट्विटेले व्यङ्ग्यमिश्रित आश्चर्य व्यक्त गरेका छन् ।
अर्कोतर्फ, सुजातालाई व्यङ्ग्य गर्ने क्रममा उनलाई लागेको स्तन क्यान्सरलाई मजाकको विषय बनाइएकोमा भने कतिपयले आपत्ति जनाएका छन् । गौंथली ह्यान्डलमा ट्विट गर्ने सुषमा सिग्देल लेख्छिन्, ‘स्तन क्यान्सर संवेदनशील रोग हो । विरोध नै गर्ने भए राज्यले दिन लागेको उपचार खर्चको विरोध गर । अरुको अङ्ग र रोगको नानाभाती मजाक किन गर्छौ ?’
“स्तन क्यान्सर “संवेदनशील रोग हो। बिरोध नै गर्ने भए राज्यले दिन लागेको उपचार खर्चको बिरोध गर। अरुको अङ्ग र रोगको नानाभाती मजाक किन गर्छौ?
— गौंथली (@isusme) November 14, 2016
नेतालाई राज्यकोषबाट उपचार खर्च दिन नहुने भनी आफ्नो विभागीय मन्त्रालयको अडान टिकाउ राख्न नसकेकोले स्वास्थ्यमन्त्री गगन थापालाई राजीनामा दिन सुझाउनेहरु पनि धेरै छन् । त्यसमध्ये केहीले नैतिकतालाई आधार देखाएका छन् भने केहीले मन्त्रिपरिषदमा मन्त्रीको हैसियत कायम नरहेकोले थापाले आफ्नो लाज राख्न राजीनामा उत्तम विकल्प भनेका छन् ।
पेशाले इञ्जिनियर सूर्यराज आचार्यले ट्विट गरेका छन्, ‘स्वास्थ्य मन्त्री गगन थापाको प्रस्ताव मिचेर निर्णय आउनु क्याबिनेटको उनीप्रतिको अविश्वास हो । @thapagk ले राजीनामा दिनेतर्फ पो सोच्ने हो कि ?’
स्वास्थ मन्त्री गगन थापाको प्रस्ताव मिचेर निर्णय आउनु क्याबिनेटको उनि प्रतिको अविस्वास हो। @thapagk ले राजिनाम दिने तर्फ पो सोच्ने हो कि? https://t.co/r9mxhvqAan
— Surya Raj Acharya (@SuryaRAcharya) November 13, 2016
यस्तै धारणा छ वरिष्ठ पत्रकार विजयकुमार पाण्डेको पनि । उनी ट्विट गर्छन्, ‘प्रधानमन्त्रीय पद्दतिमा मन्त्रीमण्डलको निर्णयसित ‘सार्वजनिक असहमति‘ जनाइसकेपछि त्यही मण्डलमा मन्त्री बसिरहनु शोभनीय होइन ।‘
प्रधानमंत्रीय पद्दतिमा मंत्रीमण्डलको निर्णयसित ‘सार्वजनिक असहमति’ जनाइसके पछि त्यहि मंडलमा, मंत्री बसी रहनु शोभनिय होइन ।
— Vijay Kumar Panday (@Vijaykumarko) November 14, 2016
मन्त्री थापाले सुजातालाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको बेला आफू मन्त्रीपरिषद बैठकमा नरहेको बताएका थिए । विगागीय मन्त्रीले असहमति राख्दाराख्दै पनि निर्णय आएपछि पत्रकार किशोर नेपालले अब मन्त्री थापाको सामु मुख्य दुई विकल्प देखेका छन् । उनको ट्विटमा भन्छन्, ‘स्वास्थ्यमन्त्रीको असहमतिका वावजुद सुजातालाई पचास लाख । अब के गर्लान् गगन थापा ? त्वं शरणम कि राजीनामा ? नैतिक प्रश्न ।‘
स्वास्थ्यमन्त्रीको असहमतिका वावजुद सुजातालाई पचास लाख । अव के गर्लान गगन थापा ? त्वं शरणम कि राजिनामा ? नैतिक प्रश्न ।
— Kishore Nepal (@kishorenepal) November 14, 2016
पत्रकार नेपालको ट्विटमा प्रतिप्रश्न गर्दै केदार शर्माले लेखेका छन्, ‘राजनीतिमा ती दुईवटा एक्स्ट्रिम मात्र हुन्छन् र ?’
उनैले अर्को ट्विटमा गगनलाई सम्बोधन गर्दै भनेका छन्, ‘अरू किसिमले विचलित नभएपछि अब तिमीलाई ‘नैतिकहरू‘ ले नैतिकताको भाटे कारबाहीमा पार्छन् । होश गर, तिमीलाई नचाहने थोरै तर बलिया छन् !‘
गगन थापा, अरू किसिमले विचलित नभएपछि अब तिमीलाई ‘नैतिकहरू’ ले नैतिकताको भाटे कारवाहीमा पार्छन्। होस गर, तिमीलाई नचाहने थोरै तर बलिया छन्!
— केदार शर्मा (@kedarsh) November 14, 2016
गगनको राजीनामा नै उनको स्वच्छताको प्रमाण भनेर अर्थ्याउनेहरु पनि छन् । गनेश पौडेलले लेखेका छन्, ‘नैतिक प्रश्न देखाएर @thapagk ले राजीनामा दिउन्; आगामी चुनावमा कांग्रेसमा खुल्ला भोट हाल्दिन्छु । अन्यथा नाटक मञ्चन बन्द गर र मिलिजुली खाऊ !‘
नैतिक प्रश्न देखाएर @thapagk ले राजिनामा दिउन्; आगामी चुनावमा काँग्रेसमा खुल्ला भोट हाल्दिन्छु । अन्यथा नाटक मंचन बन्द गर र मिलिजुली खाऊ !
— गनेस पौडेल (@ganesspaudel) November 14, 2016
सुजातालाई उपचार खर्च दिने प्रकरण गगनको राजीनामाका लागि बाध्यकारी नभएको आवाज पनि सामाजिक सञ्जालमा छ ।
शिखर घिमिरेको तर्क छ, ‘राजीनामा दिने–नदिने गगनको नैतिकताको कुरा ! तर राजीनामा देऊ भनेर उक्साउने स्टन्टबाज हुन्, तिनको भरमा गगनले निर्णय नगरुन् !‘
रजिनामा दिनेनदिने गगनको नैतिकताको कुरा! तर रजिनामा देउ भनेर उक्साउने स्टन्टबाज हुन, तिनको भरमा गगनले निर्णय नगरुन !
— Shikhàr Ghimiréy (@ShikharGhimirey) November 14, 2016
यस्तै विचार राख्ने शिरोमणि ढुंगाना ट्विट गर्छन्, ‘समस्या संरचनामा छ । घटना विशेषको चर्चाले समाधान भेटिन्न । गगन थापामा केही गर्ने उत्साह छ । काम गर्न दिऔं । संरचना सुधारमा सहयोग गरौं ।‘
समस्या संरचनामा छ। घटना बिशेषको चर्चाले समाधान भेटिन्न। गगन थापामा केही गर्ने उत्साह छ। काम गर्न दिउँ। संरचना सुधारमा सहयोग गरौं।
— Siromani Dhungana (@siromanid) November 14, 2016
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भने देशको ढुकुटीमा मनपरी रोक्न अब जनस्तरको असहयोग थालिनुपर्ने जरुरी देख्छन् । उनी लेख्छन्, ‘सन्दर्भ: ५० लाख उपचार खर्च । राष्ट्रको ढुकुटीको प्रश्न । अब के गर्ने ? कर, तिरो,दै-दस्तुर, मालपोत, महसुल नतिर्ने अभियान सुरु गर्ने लुटतन्त्र रोक्न..‘
सन्दर्भ:५० लाख उपचार खर्च।राष्ट्रको ढुकुटीको प्रश्न।अब के गर्ने ?
कर,तिरो,दै-दस्तुर,मालपोत,महसूल नतिर्ने अभियान शुरुगर्ने
लूटतन्त्र रोक्न..— Dhruba H. Adhikary (@dhrubahari) November 14, 2016
उपचार खर्चका नाममा जथाभावी रकम बाँडिनुलाई कतिपयले उदार लोकतन्त्र भन्दै व्यङ्ग्य गरेका छन् । राजकुमार रेग्मी ट्विट गर्छन्, ‘विदेशीलाई नागरिकता र नेतालाई उपचार खर्च दिन सरकार असाध्यै उदार छ । ´उदार लोकतन्त्र` भन्या यै हो !‘
विदेशीलाई नागरिकता र नेतालाई उपचार खर्च दिन सरकार असाध्यै उदार छ ।
विदेशीलाई नागरिकता र नेतालाई उपचार खर्च दिन सरकार असाध्यै उदार छ ।
´उदार लाेकतन्त्र` भन्या यै हाे !
— Rajkumar Regmi (@rajkumar_regmi) November 14, 2016
सामाजिक सञ्जालमा धेरैले जनता खर्च अभावमा अकालमा मर्नुपर्ने र हैसियतवालाले सरकारी खर्चमा विदेशमा उपचार गर्ने विडम्बना रहिरहेकोमा तीतो पोखेका छन् । यसलाई उनीहरुले आफूले तिरेको करमा मनपरी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4