Comments Add Comment

सुनकुमारीको शवयात्रासहित अन्त्येष्टि, १३ वर्षीया छोरीले दिइन् दागवत्ती

sunkumari-death-1

२९ कात्तिक, भैरहवा । आफ्नै श्रीमानको कुटाईबाट जीबन गुमाएकी रोल्पा थवाङ- ८ की सुनकुमारी नेपालीको भैरहवामा शव यात्रासहित अन्त्येष्टि गरिएको छ । भैरहवास्थित स्वर्गद्वारी घाटमा सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपालीले दागवत्ती दिएकी छन् ।

बलिन्द्रधारा आँसु झार्दै बालिकाले दागवत्ती दिइरहेको दृष्य निकै हृदयविदारक थियो ।

sunkumari-daughter-binita

भैरहवाको भिम अस्पतालबाट निकालिएको शवयात्रामा सहभागीहरुले महिला हिंसा अन्त्य गर, दोषीलाई कडा कारवाही गर लगायतका नारा लगाएका थिए । भैरहवाका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको संयोजनमा निकालिएको शव यात्रामा भैरहवावासीको सहभागीता थियो ।

सुनकुमारीको उपचारमा आर्थिक संकलन अभियानसमेत चलाएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेशसमेत तीन दिनदेखि भैरहवामै थिए र सोमबारको शवयात्रामा पनि सहभागी भए ।

dipesh-pun

आर्थिक अभावको कारण मृत्युवरण गरेकी सुनकुमारी नेपाली गत कात्तिक २८ गते भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

sunkumari-shabyatra

गत असोज २६ गते श्रीमानको कुटाईबाट घाइते भएकी सुनकुमारी नेपालीको आर्थिक अभावका कारण २३ दिनसम्म पनि प्रभावकारी उपचार भएको थिएन । घटनाबारे जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबले सुनकुमारीको सम्पूर्ण उपचार खर्चको जिम्मा लिएपछि सहयोगी हातहरु जुट्दै गएका थिए ।

त्यसपछि रोल्पा निवासी उपराष्ट्रपति पासाङ पुत्र दिपेशले आफ्नो पहलमा संकलन भएको ३ लाख रुपैयाँ पीडित पक्षलाई हस्तान्तरण गरेका थिए । तर गत शनिबार सुनकुमारीको उपचारकै क्रममा निधन भयो ।

sunkumari-shabyatra-2

यो पनि पढ्नुहोस् 

सुनकुमारीः न राज्यले देख्यो, न रोल्पाले सुन्यो

सुनकुमारीको उपचारमा उपराष्ट्रपतिको चासो, छोरा दिपेशले थाले रकम संकलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment