Comments Add Comment

डेंगुले चितवनमा एक बालिकाको मृत्यु

२ मंसिर, चितवन । चितवनमा डेंगुका कारण एक बालिकाको मृत्यु भएको छ ।

chitwan-medicalचितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका-१ की ११ वर्षीया शीला थापामगरको गत मंगलबार मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार २०७३/७४ मा चितवनमा डेंगुबाट मृत्यु हुने शीला पहिलो व्यक्ति हुन् ।

डेंगु रोग पछिल्लो चरण चितवनमा संक्रमणकोरुपमा फैलिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार गत भदौदेखि हालसम्म चितवनमा ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ । यसअघि चितवनमा यो वर्ष फैलिएको डेंगुबाट एकजनाको पनि मृत्यु भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment