वास्तविक जीवनमा दुई बच्चाकी आमा अभिनेत्री काजोल आफ्नो आगामी फिल्ममा सन्तानलाई एक्लै हुर्काउने एकल महिलाको भूमिकामा अभिनय गर्दैछिन् । अर्को वर्षबाट सुटिङ सुरु हुने यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन् ।
निर्देशक आनन्द गान्धीले आफ्नै एक नाटकलाई फिल्मको रुपमा ढाल्न लागिपरेका छन् जसमा काजोलको प्रमुख भूमिका रहने छ । ‘शिप अफ थिसस’ नाम राखिएको फिल्मको निर्माण काजोलका श्रीमान अभिनेता अजय देवगणले गर्नेछन् ।
यो फिल्मको निर्देशन भने आनन्दले नगर्ने काजोलले बताएकी छिन् । फिल्मका विषयमा जानकारी दिदै उनले भनिन्, ‘उहाँ (आनन्द गान्धि) ले यसको कथा लेख्नुभएको हो । हामी अहिले पटकथालाई अन्तिम रुप दिन गइरहेका छौं । फिल्ममा म सिंगल मदरको भूमिकामा छु । यो कथा राम्रो छ र म आफ्नो भूमिकालाई लिएर उत्साहित छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4